११ बैशाख २०८१, मंगलबार

अस्पतालहरुलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन


स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सरकारले डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सहि तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !