८ बैशाख २०८१, शनिबार

नेपालमा ओमिक्रोन देखिएका दुवैको कोरोना रिपोर्ट नेगेटिभ, भए निको


ओमिक्रोन

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएका दुवै जनाको रिपोर्ट नेगेटिभ आएसंगै उनीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार पीसीआर परीक्षण गराउँदा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्रालयले यसअघि सोमबार पत्रकार सम्मेलन गर्दै अफ्रिकी मुलुकबाट मंसिर ३ गते नेपाल आएका ती दुवै जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराएको थियो ।

टेकु प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा उनीहरुमा ओमिक्रोन संक्रमण देखिएको थियो । उनीहरु दुवैजना क्वारेन्टिनमा रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !