८ जेष्ठ २०८१, मंगलबार

के हो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ?


ओमिक्रोन

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ हाल नेपालमा भेटिएको छैन तर यस्ता भाइरस आउन नदिन अन्तर्राष्ट्रिय आगगमन जस्ता विषयमा सतर्कता अपनाउन सके रोग सर्ने सम्भावना कम हुन सक्ने देखिन्छ । विश्वस्व स्वास्थ्य संगठनले भने यो रोगसंग नडराउन आग्रह गरेको छ ।

बीबीसीका अनुसार कोरोना भाइरसको नयाँ भाइरस भेरियन्ट ओमिक्रोन विश्वका ४० राष्ट्रहरूमा फैलिएको अवस्था छ । यो रोगको प्रभाव नेपालका छिमेकी राष्ट्र भारतमा फाटफुट देखिन थालेको छ । दक्षिण अफ्रिकाबाट फैलिएको नयाँ प्रकारको भेरियन्टका कारण विश्वमा फेरि चिन्ता बढेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग नडराउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेता पनि आफ्नो र सिङ्गो राष्ट्रको सुरूक्षा सतर्कता अपनाउन आवश्यक छ । शुरु-शुरूमा बढि असर नदेखिएपनि पछि नदेखिएला भन्न सकिदैन । रोग लाग्न भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी ठहर छ ।

ओमिक्रोनको सबैभन्दा खराब पक्ष भनेको कोरोना भाइरस बिरोध लगाएको खोपले समेत काम गर्न नसक्ने भन्ने कुरा फैलिएपनि पुष्टि भने नभएको देखिन्छ । नयाँ ​भेरियन्टको कोरोनाका कारण जापान, अष्ट्रेलिया र भारत जस्ता ठूला मुलुकहरुले सीमाहरु बन्द गरिसकेका छन् ।

यस्तो अवस्थामा आफ्नो देशलाई सुरूक्षा दिनपछि पर्नु गलत हुनेछ। केहि अन्तराष्ट्रिय संचार माध्यमहरुले भने नयाँ भेरियन्टको ओमिक्रोनले ठूलो प्रभाव पार्ने बताउदै आएका छन् । रोग सानो होस् या ठूलो किन होस् यसबाट बचाउनु सवैभन्दा ठूलो उपलब्धि देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !