२२ बैशाख २०८१, शनिबार

थप एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि


ओमिक्रोन

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिइन् ।

ओमिक्रोन संक्रमण पुष्टि हुनेमा ५८ वर्षीय पुरुष रहेको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको प्रवक्ता मिश्राले जानकारी दिइन् ।

यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यस्तै २७२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !