८ बैशाख २०८१, शनिबार

ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’


ओमिक्रोन भेरियन्ट

काठमाडौं । भ्रमण वा रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ ? योजना मिलाउँदै हुनुहुन्छ भने यो समय अनुकूल नहुन सक्छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ । डेल्टा भेरियन्टको संक्रमणबाट त्राण नपाउँदै साता अघि पत्ता लागेको ओमिक्रोनले त्रास बढाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभरी नै ओमिक्रोनको संक्रमण फैलिन सम्भावना उच्च रहेको जनाएको छ ।

डब्ल्यूएचओले यस भेरियन्टलाई ‘विश्वव्यापी भेरियन्ट कन्सर्न’ घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ ।यो समाचार आजको अन्नपूर्ण पोस्ट्दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !