१४ जेष्ठ २०८१, सोमबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख २१ हजार ३६७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ६३९६ जना आइसोलेसनमा रहेकामध्ये ३४३८ संस्थागत आइसोलेसनमा र २९५८ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६५ जना रहेका छन् ।

७०८ जना कोरोना संक्रमितमध्ये ४३८ जना पुरुषहरु र २७० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २४२ जना पुरुषहरु र १५६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा ३२४ जना, ललितपुर जिल्लामा ५२ जना र भक्तपुर जिल्लामा २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५१ हजार ३१२ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४० पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा १, झापामा ४, भोजपुरमा १, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ४१ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा २ जना र रौतहटमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ३ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ३२४, काभ्रेपलान्चोकमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा १, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ४४२ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा १, तनहुँमा १, नवलपरासी पूर्वमा ५ र लमजुङमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा २७ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा १, रुपन्देहीमा ३७ र रोल्पामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १३२ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जाजरकोटका १ र सुर्खेतमा ७ जना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ८ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ५५ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !