५ जेष्ठ २०८१, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७३१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५१ हजार ३१२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख २१ हजार ३६७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ६३९६ जना आइसोलेसनमा रहेकामध्ये ३४३८ संस्थागत आइसोलेसनमा र २९५८ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६५ जना रहेका छन् ।

७०८ जना कोरोना संक्रमितमध्ये ४३८ जना पुरुषहरु र २७० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २४२ जना पुरुषहरु र १५६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा ३२४ जना, ललितपुर जिल्लामा ५२ जना र भक्तपुर जिल्लामा २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप ७१८ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !