२४ बैशाख २०८१, सोमबार

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


कोरोनामुक्त

काठमाडौँ, असोज ३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १२०४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२७९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा आज ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५७० जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १४४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४५२६७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ७ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा प्रदेश १ मा १, बाग्मती प्रदेशमा १, गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् । सोलखम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोनामुक्त भएका छन्

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देही जिल्ला गरी ९ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

यो पनि पढ्नुहोस्

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !