४ बैशाख २०८१, मंगलबार

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


कोरोनामुक्त

काठमाडौँ, असोज २ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २०२० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा आज ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६९८ जना, ललितपुर जिल्लाका ७९ जना र भक्तपुर जिल्लाका ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८७१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४३८२० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ६ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा प्रदेश १ मा १, बाग्मती प्रदेशमा १, गण्डकी प्रदेशमा १ र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् । ओखलढुंगा, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोनामुक्त भएका छन्

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देही जिल्ला गरी ९ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

नेपालका आज असोज २ गते ६ जिल्ला भए कोरोनामुक्त, ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित

यो पनि पढ्नुहोस्

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !