१९ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो


मृत्यु

काठमाडौँ, असोज ३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ७ जना महिला र ४ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा मोरङकी १ जना, रौतहटकी १ जना, सर्लाहीकी १ जना, ललितपुरका २ जना, काठमाडौँकी १ जना र मकवानपुरकी १ जना गरी ७ जना रहेका छन् भने मृत्यु हुने पुरुषमा ललितपुरका १ जना, काठमाडौँका १ जना, रुपन्देहीका १ जना र बाँकेका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ७ जना महिलामा मोरङकी ६५ वर्षीया, रौतहटकी ५१ वर्षीया, सर्लाहीकी ५६ वर्षीया, ललितपुरका ७६ वर्षीया र ६८ वर्षीया, काठमाडौँकी ७७ वर्षीया र मकवानपुरकी ३७ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ४ जना पुरुषमा ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !