१२ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ६२ हजार नाघ्यो, आज थपिए नयाँ १२०४ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज ३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १२०४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२७९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३३३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ४ हजार ७०६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७१२९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९१५३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७९७६ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७७३५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५७० जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १४४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४५२६७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६१ हजार नाघ्यो, आज थपिए अहिलेसम्मकै उच्च नयाँ २०२० संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !