१५ बैशाख २०८१, शनिबार

तामावाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु


एजेन्सी, आलु–तामाको स्वाद प्राय सवैलाई मनपर्छ । तामाको स्वादसँग जोकोही परिचित भए पनि यसको बहुगुणी फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ। आलुतामा खानाले स्वास्थ्यमा हुने फाइदाहरु विभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी हुन्छ । बाँसको तामामा खाएमा मुटुसम्बन्धी तथा फोक्सोसम्बन्धी रोगको सम्भावना कम हुन्छ । यसले कोलस्ट्रोल नियन्त्रणमा राख्न मद्दत गर्छ । यसमा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन सहयोग पुर्याोउछ । यसमा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ । तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ । ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम मानिन्छ । पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै पाचन प्रक्रियामा फाइदा पुर्यासउँछ । रक्तचाप नियन्त्रणमा राख्न मदत खेल्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !