१५ बैशाख २०८१, शनिबार

गोलभेडाको स्वास्थ्यवर्धक जुसको सेवन गरौं


गोलभेडा

आज हामी प्राकृतिकले दिएका बस्तु काँचो खान डराउछौं । काँचो खानामै छ भिटामिनको स्रोत । तर हामीले यस्ता वस्तुमा भन्दा अन्य अन्य वस्तुमा बढी ध्यान केन्द्रित हुने गरेकाले नै हामी रोगको दलदलमा फस्दैछौं । मलाई याद छ हामीले टमाटर होस् या काक्रो होस् या पत्ता गोभी किन नहोस् काँचो खाने गर्दथियौं ।

तर आज गोलभेडा काँचो खाए युरिक एसिड बढ्छ, काक्रो खाय पत्थरी बढ्छ पत्तागोभी काँचो खाँदा यसमा टेपवर्म हुन्छ जस्ता गलत सन्देशले हामीलाई जकडेको छ । आज हाम्रो भान्सामा यस्ता बस्तु कम पाक्ने र कम खाँचो खाने गर्लाले नै आज मान्छे धेरै कमजोर हुदै छन् ।

आज मैले नियमित टमाटरको जुस खानाले कस्तो फाइदा हुनसक्छ भन्ने बारे प्रकाश पार्नेछु । दैनिक काँचो टमाटरमा के पाइन्छ भन्ने बारे पनि भन्नेछु । टमाटरको जुस बनाएर कसरी खाने र यसका फाइदाबारे जानकारी पस्कनेछु । टमाटरको वीचको भाग भने फाल्न नभुल्नुहोला ।

यसरि काटेको टमाटरलाई मिक्सरमा राखेर घुमाउनुस र छानेर थोरै कालो नुन राखरे सेवन गर्नुस् । यसरी सेवन गरेको टमाटरको जुसमा प्रयाप्त मात्रामा भिटामिन सि पाउनुहुनेछ । यसको सेवन गर्दा कुनै पनि कृतिम भिटामिन सि खानुपर्ने छैन ।

यसरि बनाएको टमाटरको जुसबाट पाइने भिटामिनले शरीर दुख्नेदेखि इम्यूनिटि पावर बढाउन समेत मद्दत गर्ने छ । आज ठुला हुन या स-साना बच्चाहरू किन नहोउन कोरोनाको चपेटामा आएका छन् सवैलाई समेत ताकत दिएर रोगबाट बचाउन सक्ने छ । टमाटरको जुस बच्चाहरूलाई २ वटा टमाटरको जुस भए पुग्छ ।

टमाटरको जुसलाई हेल्दी जुसको नामले पनि चिनिने गरेको हुन्छ । यसमा अन्य फाइदाहरू छन् । टमाटरको जुसले पाचनतन्त्रमा राम्रो प्रभाव पार्ने छ । शरिर दुख्ने समस्यामा समेत टमाटरको जुसले फाइदा गर्ने छ । आज मान्छे धेरै बेस्त हुनाले मौसम अनुसार के कस्तो जुस खाँदा फाइदा हुन सक्छ भन्ने जानकारीको अभावमा कृतिम भिटामिन खान बाध्य छौं ।

रोग लाग्नुको पछि पौष्टिक खानाको अभावलाई हामीले प्रमुख मानेका छौं । हामी पाकेको बढी काँचो कम खाने गर्दछौं । स्वास्थ्य धन हो भने रोग ऋणको भारी हो । हामीले आफ्नै भान्सामा खाने गर्छौं भने यसको प्रत्यक्ष फाइदा सबैलाई पुग्ने छ ।

बजारमा खाने हरेक बस्तु स्वास्थ्यका लागि फाइदा नहोला स्वादका लागी भने होला भन्ने हाम्रो विचार छ । स्वास्थ्य ठिक होस् भन्नेले बाहिरी खानाबाट बच्नु सवैभन्दा राम्रो हुनेछ । हाम्रो खानामा सवैभन्दा बढि फलफूल र काँचो खान मिल्ने तरकारीमा विशेष जोड दिन सक्नु भएमा रोगको दलदलबाट सबैलाई बचाउन ठूलो मदत्त मिल्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !