खेलकुद

  • Simona Halep

    सिमोना हलेप टेनिसमा क्वार्टरफाइनल प्रवेश

    एजेन्सी, ३० फागुन । विश्व बरियतामा शिर्ष स्थानमा रहेकी सिमोना हलेप अमेरीकामा जारी इन्डियाना वेल्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन । बुधबार बिहान भएको खेलमा हलेपले चीनकी वाङ क्वेङलाई सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन । विश्व बरियतामा ५५ औं स्थानमा रहेकी वाङ विरुद्ध हलेपले पहिलो सेट ७–५ ले जितेकी थिइन । दोस्रो […]

  • Manchester-United

    ​ म्यानचेस्टर युनाइटेड सेभियासँग २–१ ले पराजित

    एजेन्सी, ३० फागुन । म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरीएको छ । गएराति भएको खेलमा सेभियासँग २–१ गोल अन्तरले पराजित हुँदै युनाइटेड प्रि–क्वार्टरफाइनलबाट बाहिरीएको हो । घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाउने क्रममा सेभियाका बेन इदेरले दुई गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी बनेको थियो । […]

  • nijgad

    निजगढ गोल्डकपको फाइनलमा आज निजगढ र एपीएफ भिड्दै

    ३० फागुन, बारा । चौथो निजगढ गोल्डकपको फाइनल प्रवेशका लागि बुधबार आयोजक निजगढ युवा क्लब र सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा बाराको एपीएफ क्लबवीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । आयोजक निजगढले विभागीय टोली जुनियर पुलिस अफिसर्स क्लब चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एपीएफले भरतपुर फुटबल क्लबलाई […]

  • Micheal Carrick

    माइकल क्यारिकले सन्यास लिने

    एजेन्सी, २९ फागुन ।  म्यान्चेष्टर युनाइटेडका मिडफिल्डर माइकल क्यारिकले यो सिजनपछि सन्यास लिने भएका छन् । सन् २००६ मा म्यान्चेष्टर युनाइटेडमा आबद्ध भएका ३६ बर्षीय क्यारिक स्वास्थ समस्याका कारण यो सिजन जम्मा चार खेलमा सिमित बनेका छन् । मुटुको अनियमित धड्कनका कारण उनी शतप्रतिशत प्रदर्शन गर्न सकिरहेका छैनन् । ‘म यस्तो क्षणमा आइपुगेको छु, जुन […]

  • मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    २९ फागुन, रूपन्देही । मनाङ मर्स्याङदी क्लब बुटवलमा चलिरहेको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । मनाङलाई जिताउन विशाल राइले २ तथा भिक्टरले १ गोल गरे । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार रुपन्देही ११ र नेपाल पुलिस क्लब खेल्नेछन् ।

  • serena-williams

    इण्डियन वेल्समा भेनससँग सेरेना विलियम्स पराजित

    एजेन्सी, २९ फागुन ।  पूर्व विश्व नम्बर एक सेरेना विलियम्स इण्डियन वेल्सको तेस्रो चरणबाट बाहिरिएकी छिन् । दिदी भेनस विलियम्ससँग २–० को सोझो सेटमा पराजित भएपछि सेरेनाको यात्रा समाप्त भएको हो । भेनसविरुद्धको खेलमा चार ऐसेस प्रहार गरेकी सेरेनाको चार सर्विस ब्रेक गर्दै भेनस विजयी भइन् । क्यालिफोर्नियामा भएको खेलको पहिलो सेट ६–३ ले जितेकी […]

  • Manchester-City

    म्यानचेस्टर सिटी उपाधिका नजिक,  २ खेल मात्रै जिते पुग्ने

    एजेन्सी, २९ फागुन ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेष्टर सिटी विजयी भएको छ । डेविड सिल्भाले दुई गोल गरेपछि सिटीले स्टोकलाई २–० ले हरायो । स्टोक सिटीको मैदानमा भएको खेलमा जित हात पार्दै म्यान्चेष्टर सिटीले लिग तालिकामा १६ अंकको अग्रता लिएको छ । १० औं मिनेटमा रहिम स्टर्लिङको पासमा गोल गर्दै […]

  • South Africa Australia Cricket

    दक्षिण अफ्रिका सँग अस्ट्रेलिया ६ विकेटले पराजित

    एजेन्सी, २९ फागुन, । बलर कागिसो राबाडाको उत्कृष्ट बलिङप्रेरित दक्षिण अफ्रिकाले सोमबार दोस्रो टेस्टको चौथो दिन अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै दक्षिण अफ्रिकाले ४ टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको छ । अस्ट्रेलिया दोस्रो इनिङमा २ सय ३९ रनमा सिमित भएको थियो । १ सय ४० रनको लक्ष्य दक्षिण अफ्रिकाले २२.५ […]

  • Army-football-team

    झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

    २८ फागुन, झापा । झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । घरेलु मैदानमा झापा ११ लार्ई सडेन डेथमा पछि पार्दै आर्मीले उपाधि हात परेको हो । आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो । उपाधिसँगै त्रिभुवन आर्मीले रु १२ लाख ५१ हजार नगद, ट्रफी र […]

  • nepali player

    नेपाल हङकङविरुद्ध ५ विकेटले विजयी

    २८ फागुन, जिम्बावे । आइसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि जित निकालेको छ । १ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए । यसअघि नेपालका […]

  • Nepal Hongkong

    हङकङद्वारा नेपालसामु १५४ रनको लक्ष्य प्रस्तुत

    २८ फागुन, काठमाण्डौ । जिम्बाव्बेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले १५४ रनको विजय लक्ष्य पाएको छ । टस जितेर व्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ बनायो । हङकङका लागि निजाकत खानले ४७ रन बनाए। ८४ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरेका उनलाई ललित राजवंशीको […]

  • Nepal Hongkong

    नेपाल र हङकङ्गबीच खेल सुरू, नेपाल टस हारेर फिल्डिङमा

    २८ फागुन, जिम्बावे । विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । जिम्बाबेको बुलावायो मैदानमा हङकङ्गले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो । सोमबारको खेल फराकिलो अन्तरले जिते नेपाल सुपरसिक्समा पुग्न सक्नेछ । सामान्य अन्तरले मात्र जिते एकदिवसीय मान्यता पाउने सम्भावना कायमै राख्नेछ । आजको खेल […]

  • Arsenal vs Watford

    इंग्लिस प्रिमियर लिगमा आर्सनल वाट्फोर्डसँग ३-० ले विजयी

    एजेन्सी, २८ फागुन । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले आइतबार राति भएको खेल जितेको छ । आइतबार राति भएका खेलमा आर्सनलले वाट्फोर्डलाई ३-० पराजित गरेको छ । घरेलु मैदानमा वाटफोर्डलाई हराउँदा आर्सनलका शोकड्रान, पियर एमरिक र हेनिरिकले एक-एक गोल गरे । यो जितसँगै ४८ अंकसहित आर्सनल लिगको छैटौं स्थानमा छ । पराजित वाट्फोर्ड ३६ अंकसहित […]

  • विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल र हङकङ भिड्दै

    आज नेपाल हङकङसँग खेल्दै, जित्नै पर्ने दबावमा नेपाल

    २८ फागुन, काठमाण्डौ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले सोमबार हङकङबिरुद्ध खेल्दैछ । सुपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरको जित हासिल गर्नु आवश्यक छ । तर, झिनो अन्तरमै सही नेपालले हङकङलाई हराएको खण्डमा नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना […]

  • Tottenham vs boumemouth

    टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा

    एजेन्सी, २८ फागुन । लिभरपुललाई पछि पार्दै टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति बर्नमाउथलाई उसकै मैदानमा ४–१ गोलले हराउँदै टोटनह्याम अंक तालिकामा एक स्थान माथि उक्लिएको हो । टोटनह्यामले बर्नमाउथको एक शून्यको अग्रता उल्टाएको हो । खेलको सातौं मिनेटमै जुनियर स्टानिलासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि त्यसयता बर्नमाउथको […]