१४ बैशाख २०८१, शुक्रबार
खेलकुद

राष्ट्रिय महिला फुटबल लिग : चन्द्रपुर र वालिङ विजयी

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेल चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गरेको हो ।