, धर्म-संस्कृति

धर्म-संस्कृति

  • Chinese

    चिनियाँ भाषा भित्रका संस्कृत शव्द

    चिनियाँ भाषा गाह्रो छ र चिनियाँ भाषामा हजारौको संख्यामा अक्षरहरु छन् भन्ने कुरा हामीहरु प्रायः सबैले सुनेका हुन्छौं, तर त्यो बुझी नसक्नुको चिनियाँ भाषामा सैयौंको संख्यामा संस्कृत र पाली भाषाका शव्दहरु पनि छन् भन्नेकुरा हामीहरु मध्य धेरैलाई थाहा नहुन सक्छ । अझ संस्कृतका उखान र विभीन्न युक्तीहरु पनि त्यो भाषामा प्रचलीत छन् भन्यौ भने त्यो […]

  • Pashupati

    पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

    ७ साउन, काठमाडौँ । यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान ३ बजेदेखि नै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । बिहान केही समय वर्षात्ले लाममा बसेका भक्तजनलाई अप्ठ्यारो पारेर केही समय रोकिए पनि […]

  • arjun-dhara

    दर्जन शिवालयमा जल चढाउनेको घुइँचो

    ७ साउन, भद्रपुर । आज साउनको पहिलो सोमबारका दिन झापाका दर्जनभन्दा बढी शिवालय मन्दिरमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम, कनकाई माई, कृष्णथुम्की, ॐकारेश्वर, पातालगंगालगायतका दर्जनभन्दा बढी शिवालय मन्दिरमा जल चढाउनेको भीड लागेको हो । साउनको पहिलो सोमबारसँगै आषाढ शुक्ल एकादशीसमेत परेका कारण बिहान ३ बजेदेखि नै यी […]

  • Bolbom

    पीण्डेश्वर बोलबम–दर्शनार्थीको भीड

    ७ साउन, इटहरी । सुनसरीको धरानस्थित धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा आज साउनको पहिलो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ । बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्न भक्तजनको शिवालयमा भीड लागेको हो । विगतमा झँै साउन महीनाको पहिलो सोमबार परेकाले हजाराँै हिन्दू भक्तजनले स्थानीय […]

  • Churi ra Mehendi

    साउनमा युवतीमा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’

    ७ साउन, महेन्द्रनगर, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउनुभयो । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र […]

  • worshippers at Devghat

    देवघाटमा भक्तजनको घुइँचो

    ७ साउन, चितवन । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको सोमबार देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । देवघाट धाम संरक्षण प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार आज बिहान सबेरैबाट नजिकका तीर्थयात्री आउन शुरु गरेकोमा क्रमशः केही परबाट […]

  • bolbam1

    पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम मेलाको तयारी

    ६ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका– १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) को तयारी शुरु भएको छ । प्राचीन एवं ऐतिहासिक शिव ज्योतिर्लिङ्गमा बोलबमको तयारीका लागि मन्दिर प्रवेशद्वारदेखि बजार व्यवस्थापन र जलार्पण गर्न विभिन्न उपसमिति निर्माण भएको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष रामबलि चौधरीले जानकारी दिनुभयो […]

  • Nepalpatra

    बुहारीलाई छोरी बनाएर अन्माए

    २९ असार, सुरुङ्गा, झापा । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । धनपती र टीकामाया पौडेलका छोरा प्रकाशसँग धनमायाको विवाह […]

  • Pashupati Yoga Palace

    गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

    २६ असार, काठमाडौँ । गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ । गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको वाग्मती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन शुरु गरिएको छ । सूर्यघाट क्षेत्रलाई ध्यान केन्द्रका रुपमा […]

  • janaki temple

    जानकी मन्दिर झलमल्ल पारिने

    २६ असार, धनुषा । जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ । सोमबार गैरआवासीय नेपाली संघ (एनआरएन) को आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख […]

  • Nepalpatra

    धिमे र बाँसुरी बाजाको संरक्षण अभियान

    २५ असार, म्याग्दी । सदरमुकाम बेनीमा नेवार समुदाय परम्परागत संस्कृति संरक्षणको लागि धिमे र बाँसुरी बाजाको संरक्षण अभियानमा जुटेका छन् । नेवार समुदायका युवाले पुराना कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेको नेपाल भाषा मंका: खलअन्तर्गतको मैजुः खलले शुभकार्यमा बजाइने धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउन बेनी नगरपालिका–७ को आर्थिक सहयोगमा एक महिने तालीम सञ्चालन […]

  • pashupatinath

    पशुपतिमा मापदण्ड विपरीत ‘प्रि–फ्याब’ भवन

    २० असार, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा संरचना निर्माण गर्न तोकिएको मापदण्ड विपरीत दुई वटा ‘प्रि–फ्याब’ (अस्थायी प्रकृतिका) भवन बनाइएको छ । विसं २०६४ देखि नै पशुपति क्षेत्र विकास कोषले कार्यालय भवन बनाउने तयारी गरेको थियो । कोष सञ्चालक परिषद्मा पुराना सत्तल नै जीर्णोद्धार गरेर बस्नुपर्छ भन्ने मत बढी भएपछि सफल हुन […]

  • marriage

    बेहुला–बेहुलीलाई अग्नीको अगाडि किन खुवाइन्छ कसम ?

    हिन्दु धर्मको १६ संस्कार मध्ये एक विवाह हो । विवाहमण्डपमा पुरोहितले इश्वरलाई साक्षी राखेर केटा–केटीको सम्बन्धलाई कानुनी मान्यता प्रदान गर्ने चलन रहिआएको छ । वैवाहिक समारोहमा आगो वा अग्नीको अगाडि बेहुला–बेहुलीलाई सात पटक घुमाएर वाचाकसम खुवाउने गरिन्छ । आगो वा अग्नीको अगाडि घुमाएर वाचाकसम खुवाउनुको पछाडिका कारण निम्न छन् : १. अग्नीको वेद र शास्त्रमा […]

  • Jatra

    रथ जुधाउँदै सकियो पनौती जात्रा

    १५ असार, बनेपा  । काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ । प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता अगाडिदेखि शुरु भएको जात्रामा यौनिकता झल्काउने गरी उन्मत्त भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबीच रथ जुधाएर सम्भोग गराइन्छ । ज्या पुन्ही जात्राको नाममा परिचित सो […]

  • Dhime Baja

    धिमे र बाँसुरी सिक्दै झापाली नेवार

    १० असार, सुरुङ्गा, झापा ।  जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, पछिल्लो समय यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ । नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो […]

  • magar

    भूमे पर्वको शुभकामना आदानप्रदान गर्दै मगर समुदाय

    २ असार, काठमाडौं । मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व शुक्रबारदेखि शुरु भएको छ । भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप नपरोस्, अन्न बाली सप्रियोस् , सुव्यफाव्य होस् भन्ने कामना गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा आपसमा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्व हरेक मगर बस्तीमा […]

  • Dahachowkjpg

    दहचोकका ऐतिहासिक सम्पदा जीर्ण बन्दै

    १ असार,  काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकामा स्थापना गरिएको मनकामना मन्दिर जीर्ण बन्दै गएको छ । विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण भएको मन्दिर चाँडो मर्मत तथा सम्भार नगरिएमा पूर्णरुपमा भत्कने खतरा बढेको छ । मन्दिरको चारैतिरको पर्खाल चर्केको छ भने पूर्वी भागको पर्खाल पूरै भत्केको छ । आधुनिक नेपालको एकीकरण […]

  • enviroment

    विश्व वातावरण दिवस महाअभियानका रुपमा मनाइने

    १९ जेठ, काठमाडौँ । सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ । विशेषगरी काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता दिई वातावरण दिवसलाई महाअभियानका रुपमा मनाउन लागेको हो । यसका लागि सरकारले […]

  • Kumbeshwor Temple

    कुम्भेश्वर मन्दिरको पुनःनिर्माण शुरु

    १५ जेठ, ललितपुर ।  भूकम्प गएको झण्डै तीन वर्षपछि कुम्भेश्वर मन्दिरको पुनःनिर्माण शुरु भएको छ । मन्दिरको पूरै भाग बनाउने कि क्षति पुगेका भाग मात्र बनाउने भन्ने टुंगो नलाग्दा लामो समयसम्म पुनःनिर्माण शुरु हुन सकेको थिएन । पाँचतले सो मन्दिरमा पहिला माथिल्लो दुई तला बनाइने र आवश्यक भए मात्रै अरु तलामा काम हुने योजना गरेर पुनःनिर्माण […]

  • nepali-bhasa

    पर्वते(नेपाली) भाषाको इतिहास

    नेपाली भाषा आर्य-भारोपेली समुहको भाषा हो जुन नेपाल लगायत भारत, भुटान र बर्माको केहि भागमा बोलिन्छ । यो भाषा नेपाल र सिक्किम (भारत) को आधिकारीक (सरकारी काम काजको) भाषा हो । नेपालका करीव आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् । नेपाली भाषा बिभिन्न समयमा बिभिन्न नामले चिनिन्थ्यो । खस कुरा, पर्वते भाषा […]