धर्म संस्कृति

  • Nepalpatra

    ऐतिहासिक चुरे मन्दिरको जीर्णोद्वार सम्पन्न

    गाईघाट, २ असोज । उदयपुरको त्रियुगा नगरपालिका– ६ स्थित चुरे क्षेत्रमा रहेको ऐतिहासिक पञ्चकन्या चुरियादेवीको मन्दिर जीर्णोद्वार तथा पुनःमर्मत गर्ने कार्य सम्पन्न भएको छ । प्रदेश नंं। १ सरकार, पर्यटन मन्त्रालयको रु दश लाखको आर्थिक सहयोगमा सो मन्दिरको जीर्णोद्वार तथा पुनःमर्मत गरिएको हो । उदयपुर जिल्लाकै महत्वपूर्ण शक्तिपीठको रुपमा रहेको पञ्चकन्या चुरियादेवी मन्दिरको रङ्गरोगन गर्ने, […]

  • Nepalpatra

    पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’

    रामबहादुर थापा, बागलुङ, ३० भदौ । ‘रुनासुङ्गे, पुसापु, घुँयाली…’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बस्नुभएको छ, ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उहाँ गीत भट्याउनुहुन्छ, अरु गला मिलाउँछन् । ढ्याङ्ग्रोको तालमा गाइने उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ । यी शब्द र दृश्य ताराखोला […]

  • shorasraddha

    सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु

    २८ भाद्र, काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने […]

  • वर्सेनी वर माग्न हजारौ भक्तजन आउँछन्–बडिकेदार मेलामा

    विमलबहादुर बिष्ट, डोटी, १७ भदौ । नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भू–भाग । राइसल्ला र खर्सुका ठूल–ठूला जङ्गल । भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको […]

  • तीज

    पशुपतिमा व्यवस्थित तीज, २ बजेसम्म चार लाख भक्तजन

    काठमाडौँ, १६ भदौ । पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव […]

  • तीज

    हरितालिका तीजमा नारीहरु व्रत बस्ने कारणहरु

    तीज भनेको एउटा हिन्दु नारीहरुको बिशेष चाड हो । यो सामान्य व्यक्तिदेखि लिएर देशका प्रमुख व्यक्तिहरुले पनि मनाउने गरिन्छ । देश विदेशमा छरिएर रहेका नेपाली नारीहरुले मनाउँदै आएको एक महत्त्वपूर्ण चाड  तीज हो । यो परम्परागत रुपमा चल्दै र मनाउँदै आएको चाड हो । आफ्नो धर्म, सस्कारलाई कामय राख्नको लागि र संसारभरि पहिचान गराउनुको लागि […]

  • तीज

    पशुपतिनाथमा दर्शनार्थीको भिड

    काठमाडौँ, १६ भदौ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान […]

  • teej11

    पशुपतिमा तीजको तयारी पूरा

    काठमाडौँ, १५ भदौ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, […]

  • आज तीजको दर खाने दिन

    विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ । भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका […]

  • Gaijatra

    गाईजात्रा शुरु

    भक्तपुर, ३१ साउन । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि शुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व यहाँ बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन् […]

  • rakhi-784x441

    के हो रक्षाबन्धन ? यसको धार्मिक महत्त्व यस्तो छ

    प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र […]

  • chuwachut

    पाइलैपिच्छे छुवाछूत, दुख सहेर बस्न विवश

    २५ साउन, काठमाडौं । एक सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा […]

  • सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

    पूर्णप्रसाद मिश्र, काठमाडौँं, २० असार । साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो । […]

  • यस्ता छन्, धार्मिक मान्यता अनुसार केटिले गर्न नहुने कार्यहरु

    महिला पुरुष समान हो । हरेक महिलाले गर्ने काम पुरुषले र पुरुषले गर्ने काम महिलाले गर्नुपर्दछ भन्ने मानिसलाई लाग्छ । तर, धर्म शास्त्रले महिला र पुरुषका लागि विभिन्न नियम बनाएको छ । शास्त्रले कतिपय कुरा महिलाले गर्न नहुने भनेको छ । यस्ता काम पुरुषले मात्र गर्नु पर्ने शास्त्रको भनाइ छ । महिलालाई सानो देखाउन वा […]

  • नेवार समुदायको मौलिक पर्व गठामुंगः धुमधामले मनाइँदै

    लक्ष्मी गारु, भादगाउँ, १४ साउन । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् । यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले […]