धर्म संस्कृति

  • Sherdhan Rai

    मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

    १५ पुस, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो । नेपालका तमु जातिमा […]

  • Krishna Bahadur Mahara

    सभामुख महराद्वारा तमु ल्होसारको शुभकामना

    १५ पुस, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक […]

  • Nepalpatra

    दलितलाई सहयोग गर्ने थपिँदै

    १३ पुस, बर्दिवास । महोत्तरी जिल्लामा घरविहीन दलित जाडोमा कष्ट झेलिरहेका समाचार सम्प्रेषण भएपद्धि सहयोगी हात पनि बढेका छन् । गत आइतबार राससले ‘दलितका झुप्रा भत्किए, पालमा जाडो काट्दै’ शीर्षकको समाचार प्रवाह गरेसँगै जिल्लाको भङ्गाहा नगरपालिकाका घरवारविहीन मुसहरका लागि सहयोगीहरू बढ्दै गएका हुन् । राससले सो समचार प्रवाह गरेलगत्तै सोही दिन प्रदेश नं २ का […]

  • Gokul

    जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा

    १० पुस, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ । बनेपा इसाई समितिद्वारा आज यहाँ आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “जबर्जस्त धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि प्याओ हैन ।” उहाँले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताउनुभयो […]

  • Nepalpatra

    सङ्कटमा लोक संस्कृति

    १० पुस, गलेश्वर । रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजा लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ । नयाँ पुस्ता पाश्चात्य गीत÷सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले सीप हस्तान्तरण गर्न नसक्नुजस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैँजडी, डम्फु, […]

  • Nepalpatra

    कला संस्कृति संरक्षणमा जुट्दै थारु अगुवा

    ९ पुस, नेपालगञ्ज । बर्दियाको बाँसगढी नगरपालिका—४ लक्ष्मणपुरका थारु समुदायका अगुवा मौलिक थारु कला संस्कृतिभित्रको ‘दफक’ गीतको संरक्षणमा जुटेका छन् । यो समुदायको पुराना गीत, सङ्गीत लोप हुन थालेपछि त्यसको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रत्येक दिन साँझ सात बजेपछि दफक गीत सङ्गीत युवालाई त सिकाउन गाउँका थारु अगुवा लागिपरेका छन् । दफक […]

  • thimi

    एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु

    ८ पुस, भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो । दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेको भन्दै […]

  • panchebaja

    परम्परागत नेपाली बाजा लोप हुँदै

    ८ पुस, गलेश्वर । रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ । नयाँ पुस्ता पश्चिमा गीत सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, […]

  • वैभवको मुख्य चूरो नेवारी संस्कृति हो : प्रधानमन्त्री ओली

    ७ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताउनुभएको छ । पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज बसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कला र संस्कृति भनेको नेपाल भाषा र संस्कृति नै हो भन्नुभयो । हाम्रा कला, संस्कृति, गौरवलाई खेर जान […]

  • Nepalpatra

    धर्म प्रचारमा बालबालिका प्रयोग

    ७ पुस, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका […]

  • dormani poudel

    कुनै धर्मप्रति भेदभाव हुँदैन : मुख्यमन्त्री पौडेल

    ६ पुस, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रले कुनै पनि धर्मप्रति भेदभाव नराखेको बताउनुभएको छ । नगर ख्रिष्टियन समुदाय हेटौँडाद्वारा आज आयोजित ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम–२०७५ तथा ख्रिष्ट जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नेपाल धर्म निरपेक्ष राष्ट्र हो र सरकारले कसैप्रति भेदभाव राख्दैन भन्नुभयो । उहाँले धर्मको नाममा रहेको विकृति […]

  • Nepalpatra

    अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

    १७ मङ्सिर, भद्रपुर । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आएका हुन् । विसं २०२३ […]

  • pasupati

    पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

    १० मङ्सिर, काठमाडौँ । जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् । सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा आज कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको […]

  • Nepalpatra

    कालभैरव मन्दिरको प्रचारका लागि दौड

    ९ मङ्सिर, दमौली । तनहुँको म्याग्दे गाउँपालिका–५ मुलाबारीस्थित कालभैरव मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आज दौड प्रतियोगिता आयोजना गरिएको छ । कालभैरव मन्दिर विकास समितिले मन्दिरको प्रचारप्रसार गर्दै मुलाबारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । थर्पु बजारदेखि मन्दिरसम्म आयोजना गरिएको दौडको उपाधि खगेन्द्र रानाभाटले जित्नुभएको छ । उहाँले आठ किमी दूरीको दौड […]

  • Nepalpatra

    मिथिलाञ्चलमा सामा चकेवा पर्व सम्पन्न

    ७ मङ्सिर, गौशाला । मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक पञ्चमीका दिनदेखि शुरु भई १० दिनसम्म चलेको सामा चकेवा पर्व एघारौं दिन अर्थात पूर्णिमाको राति (गएराति) धुमधामका साथ विभिन्न नदी, पोखरी तथा ताल तलैयामा गएर सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन भएको छ । […]