, धर्म-संस्कृति

धर्म-संस्कृति

  • nisha

    आदिवासी / जनजातिलाई कसरी बुझ्ने ?

    आदिवासी जनजाति भन्नाले कुनै पनि ठाँउमा परा पूर्वकालदेखि बसोबास गर्दै आएका, आफ्ना छुुटै सामुहिक , सांस्कुतिक पहिचान भएका परम्परागत भौगोलिक क्षेत्र, भाषा, धर्म, रितिरिवाज भएका तथा थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी जनजाति भनिन्छ । नेपाल १२७ बढी समुदाय बसोबास गर्ने बहुभाषिक, बहुधार्मिक , बहु सांस्किृतक र बहुजातीय लोकतान्त्रिक मुलुक हो ।आदिवासी जनजाति उत्थान प्रतिष्ठान […]

  • lord-buddha

    शाक्यमुनी बुद्धका केहि मनन गर्नुपर्ने उपदेशहरु

    शाक्यमुनी बुद्धका केहि मनन गर्नुपर्ने उपदेशहरु फूलको वास हावाको विपरित कहिल्यै जाँदैन तर मानवको सद्गुणको शुवास सबैतिर फेलिन्छ। तीन चीजहरुलाई लामो समय सम्म लुकाउन सकिदैन, सूर्य, चन्द्रमा र सत्य। ज़ार योद्धाहरुमा विजय पाउन सरलछ, तर आफै माथि विजय पाउँछ उहि साँच्चैं विजयी हो। हाम्रो कर्तव्य हो कि हामी आफ्नो शरीरलाई स्वस्थ राखौ, अन्यथा हामी आफ्नो […]

  • Laterambeswor Kavre

    धार्मिक पर्यटनको रुपमा विकास हुँदै

    २३ साउन, बनेपा । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको भंगालास्थित निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ । विसं २०५९ बाट मन्दिरको निर्माण कार्य शुरु गरिएको सो ठाउँमा मन्दिरसँगै बाल उद्यान, वनभोज पार्क, वृद्धाश्रम, वृक्षरोपण र अन्य पार्क निर्माणका लागि काम अगाडि बढिरहेको लटरम्बेश्वर महादेव तथा संसारीदेवी मन्दिर संरक्षण उपभोक्ता […]

  • pasupati

    पशुपतिको भूउपयोगसहितको गुरुयोजना

    २२ साउन, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको भूउपयोग नीतिसहितको गुरुयोजना निर्माण गर्न नक्शांकन शुरु गरेको छ । नापी विभागको सहकार्यमा सो क्षेत्रको नापी गरी भूउपयोगसहितको गुरुयोजना निर्माण शुरु भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । यसअघि मूल मन्दिर आसपासमात्र नापी गरी सीमाङ्कन भएको […]

  • pradesh4

    बहुपहिचानयुक्त संस्कृतिको संरक्षण गर्न सांस्कृतिक ग्राम

    २१ साउन, पोखरा । गण्डकी प्रदेश सरकारले स्थानीय तह र समुदायसँगको सहकार्यमा अन्तराष्ट्रियस्तरको बहुसांस्कृतिक ग्राम निर्माणको अवधारणा अघि बढाएको छ । प्रदेशमा रहेका बहुपहिचायनयुक्त संस्कृतिको गरिमा र महत्वलाई दृष्टिगत गरी त्यसको संरक्षण र सम्वद्र्धन गर्न यस्तो अवधारणा ल्याइएको हो । प्रदेशमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई यहाँको विविधतायुक्त प्रकृति, भाषा, रहनसहन र संस्कृतिबारे एकै ठाउँमा […]

  • Bolbom

    बोलबम धाममा भीड बढ्दै

    २१ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) मा आज भक्तजनको घुइँचो लागेको छ । सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन रहेको छ । श्रावण ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भाद्र महिनाको १० […]

  • halesi-cave

    प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल हलेसी

    धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । हलेसी धार्मिक रुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । […]

  • gita

    घरघरमा श्रीमद्भागवत गीता पु¥याउने

    २१ साउन, काठमाडौँ । घरघरमा श्रीमद्भागवत गीता पु¥याउने अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले आइतबार यहाँ आयोजना गरेको श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पु¥याएपछि प्रत्येक नेपालीका हातहातमा पु¥याउने लक्ष्यसमेत सार्वजनिक गरियो । कार्यक्रममा पशुपतिनाथका मूल भट्ट रावलगणेश भट्टले नेदरल्याण्ड र अमेरिकाजस्ता देशमा कक्षा ५ देखि गीता अध्ययन अध्यापन […]

  • Nepalpatra

    १५० जना हज यात्रामा प्रस्थान

    २० साउन, राजविराज । हज यात्रामा जाने १५० जना मुस्लिम धर्मावलम्बीलाई बिदाइ गरिएको छ । राजविराज–३ मोहम्मदपुरस्थित दारुल उलुम मदरसाले आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले उनीहरुलाई बिदाइ गर्दै सुख, समृद्धि, शान्ति र आपसी भाइचाराका लागि कामना गर्न आग्रह गरेका मदरसाका प्रमुख मो जमिरले बताउनुभयो । मक्का मदिनाको दर्शनपछि अञ्जानमा भएका पापबाट मुक्ति पाउनाका साथै सुख, शान्ति र […]

  • shree-krishna-pranami-mandir

    ‘धर्मधाम’मा पर्यटकीय आकर्षण

    १९ साउन, रत्ननगर, चितवन । रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ । मन्दिरमा अन्य जिल्लाका धार्मिक पर्यटकको पनि पनि भिड लाग्ने गरेको धर्मधामका अध्यक्ष श्याम बरालले जानकारी दिनुभयो । उहाँका […]

  • Nepalpatra

    हजयात्री बिदाइ

    १५ साउन, विराटनगर । मुस्लिम धर्मावलम्बीको सबै भन्दा ठूलो तीर्थस्थल साउदी अरबको मक्कामदिनामा हज गर्न जानका लागि आज मोरङबाट २६ जनालाई बिदाइ गरिएको छ । कौमी एकता समाज नेपालले आज यहाँ गरेको कार्यक्रममा प्रदेशसभा सदस्य जयराम यादव, समाजका अध्यक्ष इर्साद अन्सारी र उपाध्यक्ष मोहम्मद नसरुलले हजयात्रीलाई बिदाई गर्नुभयो । मोरङबाट १४ पुरुष र १२ महिला सहभागी […]

  • Nepalpatra

    महोत्तरीमा साउने १५ पर्व मनाइँदै

    १५ साउन, बर्दिवास । जिल्लाको उत्तरी क्षेत्रमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा आज बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको छ । पछिल्लो समय पशुपालन गर्ने किसानको संख्या घट्दै गएपछि दूधको आवश्यकता डेरीले धान्नुपरेको छ । अहिले […]

  • Pashupati

    पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

    १४ साउन, काठमाडौँ ।  साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने […]

  • hindu

    हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

    १४ साउन, नेपालगञ्ज । हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आइतबारदेखि यहाँ शुरु भएको छ । विश्व हिन्दू परिषद्ले आयोजना गरेको उक्त सम्मेलनमा हिन्दू संस्कार, नैतिक शिक्षालगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा जर्मनी, भारत, अमेरिका, बहराइन, क्यानडालगायत ११ मुलुकका ७० जना धार्मिक विषयका ज्ञाता तथा नेपालका ५४ जिल्लाका करिब ३५० प्रतिनिधिको सहभगिता रहेको छ । हिन्दू संस्कारका […]

  • Sanskrit Bhasa

    संस्कृत भाषालाई लोप हुन दिन नहुने

    १२ साउन, काठमाडौँ । नेपालको हिमाली भूमिमा विकसित भएको संस्कृत शिक्षाप्रति विश्वसमुदायकै झुकाव बढ्दै गएका बेला प्रारम्भिक भूमिमा लोप हुन दिनु नहुनेमा जोड दिइएको छ । महेश संस्कृत गुरुकूल देवघाटको रजत वर्ष महोत्सव एवं गुरुकूलका संस्थापक ब्रह्मलीन स्वामी डा रामानन्दगिरीको प्रथम वार्षिक स्मृति दिवसका अवसरमा शंकराचार्य मठ पशुपतिमा सम्पन्न तीनदिने सम्मेलनमा यस्तो निष्कर्ष निकालिएको हो […]

  • Nepalpatra

    हज गर्न जाने यात्रीलाई बिदाइ

    १२ साउन, जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाबाट हज गर्न जाने यात्रीलाई आज बिदाइ गर्नुभएको छ । उहाँले पाकिजा नुरी कमिटिद्वारा आयोजित कार्यक्रममा हज यात्रीलाई प्रदेश र मुलुकको समृद्धिका लागि काम गर्न आग्रह गर्नुभयो । उहाँले हज यात्रीलाई हजको प्रक्रियाबारे जानकारी नभएका कारण पनि समस्या भोग्नु परिरहेकालाई ध्यानमा राख्दै प्रदेश […]

  • gurupurnima

    आज व्यास जयन्ती, गुरुजनप्रति सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै

    ११ साउन, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको […]

  • Rauta Pokhari

    रौतामा धार्मिक पर्यटकस्थल निर्माणका लागि बृहत् गुरुयोजना

    ११ साउन, उदयपुर । जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ । रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भएको रौतामाई गाउँपालिकाका अध्यक्ष […]

  • Sanskar

    आकाश संस्कार

    आकाश संस्कार ! मान्छे जन्मेपछि मर्नैपर्ने प्राकृतिक नियम छ भने मान्छे मरेपछि गरिने दाह संस्कार भने बिभिन्न जाति, समाज र स्थान बिशेषमा फरक फरक छन् । यसरी आ-आफ्नै प्रचलन र परम्परा अनुशार कतै मृत शरिरलाई जलाउने, कुनै जातिमा गाढ्ने र यदा कदा विश्वका कुनै कुनै स्थानमा पानीमा बगाउने प्रथा समेत रहेको पाईन्छ । तर नेपालको […]

  • Nepalpatra

    चार दशकपछि परम्परागत ‘साउने डोला’

    ८ साउन, भीमदत्तनगर । राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ । सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड नै लागेको थियो । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास […]