१७ कार्तिक २०८३, मंगलबार
धर्म-संस्कृति

मध्याह्नसम्म तीन लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे

२७ भदौ, काठमाडौँ । भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो ।