काठमाडौँ, १६ पुस । नेपालमा सडक निर्माण शुरु भएको झण्डै एक शताब्दी पछि नयाँ खुड्किलाका रुपमा सुरुङमार्गको निर्माण शुरु भएको छ । काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका छिर्ने वा यहाँबाट बाहिरिने यात्रु घण्टौँ जाममा पर्ने समस्या समाधानका रुपमा सुरुङमार्गलाई हेरिएको छ