२५ कार्तिक २०८३, बुधबार

महागुरु फाल्गुनन्दको जन्मजयन्तीमा सभापति थापाद्वारा श्रद्धासुमन व्यक्त


गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।

सभापति थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महागुरु फाल्गुनन्दले पुर्‍याएकाे योगदानको स्मरण गरे।

उनले महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि सबैलाई प्रेरणा दिइरहोस् भन्ने कामना गरेका छन्।

महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउनुपर्नेमा पनि उनले जोड दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु