पिडादायी अतितको अगेनुमा बसेर रकेटले जस्तै धुवा फाल्छ प्रेसर कुकरले भान्सामा तर कहिले उड्न सक्दैन आकासमा नदि किनारका भक्तिनिहरुले जस्तै लाखौपल्ट नुहाएका छन् भान्साका भाडाहरुले तर कहिल्य मुक्त हुन सकेका छैनन् प्लेटहरु चम्चाहरु अनि ग्लासहरु गोलचक्कर पटरिमा दौडने रेल जस्तै