८ बैशाख २०८१, शनिबार
कला-साहित्य

प्रतिरुपण : स्वतन्त्रता

आकाशमा बादलको छनक एक टुक्रा पनि थिएन । मध्ये भागमा सूर्य झलमलाइरहेको थियो । यद्यपि आङ् सिरिङ्ग पार्ने गरी चिसो हावाको लहर अर्को एक पटक फैलिएर चौर पार गर्दै वरिपरिको पैयुँका रूखमा ठोक्कियो । तिनै पैयुँका रूखहरूबिचबाट कोइलीको आवाज आयो