३० असार २०८३, मंगलबार
कला-साहित्य

निश्चय

गाउँमा भुकभुके उज्यालो फैलिइसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो ‘साबित्रीकी मम्मीले छोरी पाइछे ।’ बिहान उज्यालो हुँदा ब्युँझेको यो समाचारले धारा, पाटीर्पौवा, खेतगरा, चियापसल आदि सबैठाउँमा आफ्नो आयतन ओगटिसकेको थियो । – ”बिचरो रामप्रसादले फेरि छोरी पाएछ ।”