२६ बैशाख २०८१, बुधबार

इन्डोनेसियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


इन्डोनेसियाको संविधानसभा

पृष्ठभूमि : दोस्रो विश्वयुद्धको अन्त्य हुनु भन्दा अघि आफ्नो स्वतन्त्रताको आशा गर्दै केही हप्ताभित्रै संविधान तयार गर्नुपर्ने अवस्था उत्पन्न हुादा इन्डोनेसियाले संक्षिप्त संविधानको बाटो अपनाएको थियो । इन्डोनेसियामा सन् १९५५ संबिधानसभाको निर्वाचन भयो । नोभेम्बर १० सन् १९५६ देखि २ जुलाई १९५९ सम्म सो संबिधानसभा रहयो । तर इन्डोनेसियामा पुनः १९४५ कै संबिधान लागु गरियो । सन् १९४५ मा स्वतन्त्रताको घोषणा गरेपछि इन्डोनेसियाले संक्षिप्त संरचना भएको संविधान ग्रहण गरेको हो । यद्यपि सुरुवातमा यसलाई अस्थायी मानिएको थियो । तर ४ पटकसम्म संशोधन भएपनि यसको मौलिक रुप उक्त संविधान आजसम्म पनि उस्तै छ ।

संविधान निर्माण प्रक्रिया

इण्डोनेसियाली संविधान अन्तर्गत पारित गरिएका कानुनहरुले तिनको कार्यान्वयनको केही वर्षपछि संवैधानिक प्रावधानहरुमा रहेको केही अस्पष्टतालाई सम्बोधन गर्न सफल भएको देखिन्छ । सन् १९४५ मा पहिलो पटक लागु भई सन् १९५९ मा पुनः ग्रहण गरिएको इण्डोनेसियाको संक्षिप्त संरचना भएको संविधान मौलिक रुपमा धेरै हदसम्म अपरिवर्तित रुपमै रहेको छ । तर उक्त अवधिभरी संविधानले विस्तृत रुपमा प्रदान गरेको कार्यकारिणी शक्ति तथा त्यस विरुद्ध उपचारहरु नभएको स्थितिमा राष्ट्रपति सुकार्नोको सर्वसत्तावादी प्रशासनलाई सन् १९५९ देखि १९६५ सम्म अगाडि बढाउन तथा विस्तार गर्न सक्षम तुल्यायो ।

इण्डोनेसियाको संक्षिप्त संरचना भएको संविधान चारपटक संशोधन भएको छ । यी सबै संशोधन सन् १९९९ देखि २००२ का बीचमा भएका हुन् । पहिलो संशोधनले राष्ट्रपति तथा उपराष्ट्रपतिले दुई पदावधि मात्र सो पदमा रहन पाउने गरी उनीहरुको पदावधि सीमित र्गयो । दोस्रो संशोधनले नागरिक-सैनिक पृथकीकरण स्थापित गर्ने, शक्तिको पृथकीकरणलाई बलियो बनाउने, क्षेत्रीय सरकारहरुलाई अझ बढी विकेन्द्रीकृत शक्ति प्रदान गर्ने तथा मौलिक मानव अधिकार सम्बन्धी परिच्छेदको व्यवस्था गर्ने काम र्गयो ।

इण्डोनेसियाको संक्षिप्त संरचना भएको संविधान चारपटक संशोधन भएको छ । यी सबै संशोधन सन् १९९९ देखि २००२ का बीचमा भएका हुन् ।

तेस्रो संशोधनले संविधान उल्लंघन गर्ने कानुनहरु विरुद्ध दावी सुनुवाई गर्ने संवैधानिक अदालतको सिर्जना गर्यो । उपरोक्त संशोधनहरुले सरकारका विभिन्न अंगहरु बीच शक्ति पृथकीकरणलाई बलियो बनाएर मौलिक मानव अधिकार तथा स्वतन्त्रताहरुलाई सुनिश्चित र्गयो । विभिन्न कमजोरी तथा तगाराहरुका बावजुद उक्त संविधान इण्डोनेसियामा स्थिर कानुनी तथा राजनैतिक संरचना प्रदान गर्न सफल भएको छ ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल ।

यो पनि पढ्नुहोस्

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु

भारतको संविधानसभा र संविधान निर्माण प्रक्रिया

सिरियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

आयरल्याण्डको संबिधानसभा र संविधान निर्माण प्रक्रिया

लिथुवानियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !