५ जेष्ठ २०८१, शनिबार

आयरल्याण्डको संबिधानसभा र संविधान निर्माण प्रक्रिया


आयरल्याण्डको संबिधानसभा

पृष्ठभूमि : आयरल्याण्ड उत्तर युरोपमा अवस्थित तथा इङ्गल्याण्डको छिमेकी देश हो । सन् १७८९ को आइरिस विद्रोहको परिणाम आयरल्याण्ड जनवरी १, १८०१ का बेलायतको संघको कानुनद्वारा समाप्त भयो । सन् १८०१ को संघको कानुन बमोजिम संयुक्त अधिराज्य बेलायतको संघभित्र आयरल्याण्डलाई सामेल गरियो ।

सन् १८०१ को संघको कानुन बमोजिम संयुक्त अधिराज्य बेलायतको संघभित्र आयरल्याण्डलाई सामेल गरियो ।

सन् १९१४ को बेलायतको संसद्द्वारा पारित कानुन अनुसार आयरल्याण्डलाई संयुक्त राज्य बेलायत अन्तर्गत स्वायत्तता राज्यको रूपमा राख्ने उल्लेख गरियो । यस व्यवस्था बमोजिम आयरल्याण्डले छुट्टै संसद स्थापना गर्न सक्ने व्यवस्था भएतापनि लागू हुन सकेन । बेलायतले पटक-पटक यस व्यवस्थापछि कार्यान्वयन गर्न खोज्दा आयरल्याण्ड मन्जुर नभई स्वतन्त्र हुन विद्रोह गरिरह्यो ।

संविधान निर्माण प्रक्रिया

सन् १९१८ सम्म आयरल्याण्डबाट १०५ जना सांसदको प्रतिनिधित्व बेलायतमा हुँदै आएको थियो । डिसेम्बर १९१८ मा आयरल्याण्डमा भएको निर्वाचनमा विद्रोही पक्षले विजय प्राप्त गरेपछि निर्वाचित सांसदहरूको डब्लीनमा बसेको बैठकले २१ जनवरी १९१९ मा आयरल्याण्ड भित्रका ३२ काउण्टीहरूको संयुक्त ‘आइरिस रिपब्लिक पार्लियामेन्ट’को गठन भई यस संसदले आयरल्याण्डको लागि सोही दिन संक्षिप्त सङ्क्रमणकालीन संविधान समेत जारी गर्यो । यस संविधानले विधायिकी र कार्यकारिणी शक्ति प्रयोगको व्यवस्था गर्यो । यस सङ्क्रमणकालीन संविधानमा पाँचवटा धारामा ३७० शब्दहरू थिए । पूर्ण स्वतन्त्रता प्राप्तिका लागि सन् १९१९ देखि १९२१ सम्म ‘स्वतन्त्रताको युद्ध’मा आयरल्याण्ड प्रवेश गर्यो ।

पूर्ण स्वतन्त्रता प्राप्तिका लागि सन् १९१९ देखि १९२१ सम्म ‘स्वतन्त्रताको युद्ध’मा आयरल्याण्ड प्रवेश गर्यो । २५ अक्टोबर १९२२ मा तेस्रो डायलले स्वतन्त्र आइरिस राज्यको संविधान बेलायती संसद्ले बनाई ६ डिसेम्बरदेखि लागू भएको थियो ।

२५ अक्टोबर १९२२ मा तेस्रो डायलले स्वतन्त्र आइरिस राज्यको संविधान बेलायती संसद्ले बनाई ६ डिसेम्बरदेखि लागू भएको थियो । ओइयाट्स भनिने नयाँ संसद्को तल्लो सदनलाई नयाँ संविधानले ‘डायल ऐरियन’ नामाकरण गरेको थियो । यो तल्लो सदनका लागि भएको पहिलो निर्वाचनसम्मका लागि संविधानसभाले नै डायल ऐरियनलाई दिइएका ‘सबै शक्ति र अधिकार’ प्रयोग गर्न सक्ने प्रावधान नयाँ संविधानले प्रदान गरेको थियो ।

तसर्थ, ९ अगस्त १९२३ मा विघटन हुनुअघिसम्म तेस्रो डायलले सन् १९२२ डिसेम्बरदेखि नै संसदको तल्लो सदनका रूपमा काम गर्यो । आइरिस स्वतन्त्र पहिलो डायल ऐसियनका रूपमा चौथो डायलको बैठक एक महिनापछि सेप्टेम्बर महिनामा बसेको थियो । राष्ट्रवादीहरूले मन पराए अनुरूप नामाकरण भएतापनि बेलायती संवैधानिक सिद्धान्त अन्तर्गत स्वतन्त्र राज्यको यो डायल नै ‘डायल ऐरियन’ नाम ग्रहण गर्ने पहिलो संवैधानिक आइरिस राजनीतिक संस्था थियो ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल ।

यो पनि पढ्नुहोस्

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु

लिथुवानियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया

फ्रान्सको संविधानसभा र संविधान निर्माण प्रक्रिया

जर्मनीको संविधानसभा र संविधान निर्माण प्रक्रिया

क्यानडाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

अमेरिकाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

अष्ट्रेलियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !