५ जेष्ठ २०८१, शनिबार

अमेरिकाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


अमेरिकाको संविधानसभा

पृष्ठभूमि : संयुक्त राज्य अमेरिका संवैधानिक संघीय गणतन्त्रमा आधारित उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो बहुसांस्कृतिक देश हो । अमेरिकी संविधान संवैधानिक सम्मेलनको उपज हो । सन् १७८७ मा तर्जुमा भई सन् १७८९ देखि लागू भएको अमेरिकाको संविधान विश्वको पहिलो लिखित संविधान हो । अमेरिकको संविधान बेलायती साम्राज्यको विरूद्ध अमेरिकी राज्यहरूले गरेको ‘अमेरिकी क्रान्तिकारी युद्ध’को परिणाम अमेरिकी राज्यहरूको सहमतिको लिखत हो ।

अमेरिकी संविधान संवैधानिक सम्मेलनको उपज हो । अमेरिकाको संविधान विश्वको पहिलो लिखित संविधान हो ।

सन् १७६० को दशकदेखि अमेरिकी राज्यहरू बेलायती साम्राज्यवादको विरूद्ध संगठित भई आन्दोलित भइरहेका थिए । राज्यहरूले आफ्नो मुलकमा बेलायती संसद्ले कानुन बनाई नाजायज कर लगाएको विषय र व्यापार विषय लगायत कतिपय हस्तक्षेपकारी व्यस्था विरूद्ध ‘विना प्रतिनिधित्व कर लगाउ पाइँदैन’भन्ने नाराका साथ बेलायतले अमेरिकामा निर्यात गरेका वस्तुहरूको वहिष्कार र विरोध गर्न अमेरिकी राज्यहरूले मोर्चा बनाई लड्ने नीति बनाउन पुगे ।

अमेरिकको संविधान बेलायती साम्राज्यको विरूद्ध अमेरिकी राज्यहरूले गरेको ‘अमेरिकी क्रान्तिकारी युद्ध’को परिणाम अमेरिकी राज्यहरूको सहमतिको लिखत हो ।

जुन १४, १७७५ मा उत्तर अमेरिकाका १३ वटा राज्यहरूको तर्फबाट संयुक्त रूपमा बेलायत विरूद्ध लड्न ‘कन्टिनेन्टल आर्मी’को प्रबन्ध गरी नेतृत्वको जिम्मा जर्ज वाशिङ्टनलाई दिइयो । सन् १७७५ देखि अमेरिका बेलायतको उपनिवेशबाट स्वतन्त्र हुन ‘अमेरिकी स्वतन्त्रताको युद्ध’मा प्रवेश गर्यो । बेलायती साम्राज्यका विरूद्ध स्वतन्त्रताको लडाईमा ‘अमेरिकी क्रान्तिकारी युद्ध’सन् १७७५ देखि १७८३ सम्म अमेरिकाले स्वतन्त्रताको मान्यता प्राप्त नगरून्जेलसम्म कायमै रह्यो ।

जुन ११, १७७६ मा ब्रिटिश साम्राज्यवादको विरूद्ध अमेरिका स्वतन्त्र भएको घोषणा गर्न अमेरिकी राज्यहरूका तर्फबाट ‘अमेरिकी स्वतन्त्रताको घोषणा’ मस्यौदा गर्न जोड एडम्स्, बेन्जामिन फ्रान्कलिन, थोमस जेफर्सन्, रोवर्ट लिमिङ्स्टन, रोजर सेरमान समेत रहेको ५ सदस्यीय समित गठन गरियो । थोमस जेफसनले तयार गरेको घोषणाको मस्यौदा समितिबाट थपघटसहित जुन २८, १७७६ मा ‘कन्टिनेण्टल कंग्रेस’ मा प्रस्तुत भयो । जुलाई ८, १७७६ मा ‘अमेरिकी स्वतन्त्रताका घोषण’लाई कन्टिनेण्टल’ कंग्रेसले अनुमोदन गरी एक पक्षीय रूपमा अमेरिकाले आफू स्वतन्त्र राज्य भएको घोषणा गर्यो ।

जुन ११, १७७६ मा ब्रिटिश साम्राज्यवादको विरूद्ध अमेरिका स्वतन्त्र भएको घोषणा गर्न अमेरिकी राज्यहरूका तर्फबाट ‘अमेरिकी स्वतन्त्रताको घोषणा’ मस्यौदा गर्न जोड एडम्स्, बेन्जामिन फ्रान्कलिन, थोमस जेफर्सन्, रोवर्ट लिमिङ्स्टन, रोजर सेरमान समेत रहेको ५ सदस्यीय समित गठन गरियो ।

संविधान निर्माण प्रक्रिया

अमेरिकाको संविधानसभाको गठन प्रत्यक्ष निर्वाचन विधिबाट नभई सहमतिका आधारमा प्रतिनिधिहरूको चयन गरी एक सम्मेलन मार्फत गरिएको थियो । जसलाई फिलाडेल्फिया सम्मेलन भनिन्छ । अमेरिकाको पहिलो शासकीय लिखत ‘महासंघको विधान’ हो । जसलाई अमेरिकी राज्यहरूबाट अनुमोदन हुन ३ वर्षभन्दा बढी लाग्यो ।

अमेरिकाको संविधानसभाको गठन प्रत्यक्ष निर्वाचन विधिबाट नभई सहमतिका आधारमा प्रतिनिधिहरूको चयन गरी एक सम्मेलन मार्फत गरिएको थियो । जसलाई फिलाडेल्फिया सम्मेलन भनिन्छ ।

‘दोस्रो कण्टिनेन्टल कंग्रेस’ महासंघको विधान सन् १७८१ मा अमेरिकी राज्यहरूले अनुमोदन गरेपछि ‘कंग्रेस अफ कन्फेडेरेशन’ मा परिणत भयो । सन् १७७६ मा अमेरिकी स्वतन्त्रताको घोषणा जारी गरेको ७ वर्षपछि अर्थात् सन् १७८३ को पेरिस सन्धिबाट बेलायतले अमेरिकालाई स्वतन्त्र राज्यको रूपमा मान्यता दियो । पेरिस सन्धिको व्यवस्था अनुरूप बेलायत र अमेरिका दुबैले स्वतन्त्रताको यस मान्यतालाई आ-आफ्नो संसद्बाट अनुमोदन गराए ।

मे २५-सेप्टेम्बर १७, १७८७ मा ‘फिलाडेल्फिया’मा सम्मेलन भयो । यस सम्मेलनको उद्देशय ‘कन्फेडेरेशनको विधान’लाई संशोधन गरी राजस्व र कर उठाउने अधिकार तथा वाणिज्य व्यापार व्यवस्थित गर्ने सम्बन्धमा केन्द्रीय सरकारलाई अधिकार प्रदान गर्ने प्रस्तावका विषयमा छलफल गर्नु रहेको थियो । यस सम्मेलनमा सहभागी भएका जेमस मेडिशन र एलेक्जेण्डर ह्यामिल्टनले ‘कन्फेडेरशन’ को विधानमा संशोधन र सुधार गर्नुभन्दा नयाँ स्वरूपको सरकार निर्माण गर्ने संविधानको प्रस्ताव ल्याउनु उचित हुने भन्ने भनाइ र सोही भनाई अनुरूपको प्रस्ताव छलफलमा ल्याएपछि संविधान निर्माणतर्फ ‘फिलाडेल्फिया सम्मेलन’ केन्द्रित हुन पुग्यो ।

फिलाडेल्फिया सम्मेलनमा १३ राज्य आमन्त्रित थिए, जसमा ५५ जना प्रतिनिधिहरू थिए । फिलाडेल्फिया सम्मेलनमा सहभमागी भएका सदस्यहरूमध्ये संविधानको अन्तिम मस्यौदा तयार गर्यो र सेप्टेम्बर १७, १७८७ मा सम्मेलनमा पारित गरी हस्ताक्षर गर्न पठायो । फिलाडेल्फिया सम्मेलनले पारित गरेको संविधानको धारा ७ बमोजिम ९ वटा राज्यबाट अनुमोदन भएपछि संविधान लागू हुने व्यवस्था अनुरूप संवैधानिक सम्मेलनको प्रक्रियाबाट तर्जुमा गरेको संयुक्त राज्य अमेरिकाको संविधान मार्च ४, १७८९ देखि लागू भयो । यही मितिबाट मार्च १, १७८१ मा गठन भएको ‘कन्फेडेरेशन कंग्रेस’ स्वतः विघटन भयो ।

अमेरिकी संविधानलाई शक्ति र स्वतन्त्रताको सन्तुलित लिखत मानिन्छ ।

अमेरिकाको सन् १७८९ देखि लागू भएको संविधान आजसम्म विभिन्न २७ वटा संशोधन भई क्रियाशील अवस्थामा छ । संविधानको प्रयोगशाला भनिँदै आइरहेकोमा अमेरिकाको संविधान २०० वर्षभन्दा बढी समयदेखि स्थायित्व प्राप्त गरी निरन्तर रूपमा लागू भइरहन शक्ति सन्तुलन र नागरिकको संविधानप्रतिको अटल विश्वास हो । अमेरिकी संविधानलाई शक्ति र स्वतन्त्रताको सन्तुलित लिखत मानिन्छ ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल ।

यो पनि पढ्नुहोस्

नेपालको कानूनी इतिहास

नेपालको संवैधानिक इतिहास

नेपालको संविधान २०७२ का विशेषताहरु

नेपालको आधुनिक संवैधानिक विकासक्रम

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु

फ्रान्सको संविधानसभा र संविधान निर्माण प्रक्रिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !