१२ श्रावण २०८१, शनिबार

संसदमा काँग्रेसले हिजो असभ्य व्यवहार देखायो : अध्यक्ष ओली


प्रधानमन्त्री ओली संसद भवन फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले आज शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै संसदमा काँग्रेसले असभ्य व्यवहार गरेको बताएका हुन् ।

अध्यक्ष ओलीले सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए । हिजो बिहीबारको प्रतिनिधिसभा बैठकमा काँग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको अध्यक्ष ओलीले बताए ।

हिजोको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै काँग्रेसका संसदले नाराबाजी गर्दै अवराेध गरेर रोस्ट्रममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोस्ट्रममा जान इसारा गरेका थिए ।

अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ । ओलीले काँग्रेस सांसदले अपशब्द प्रयोग गरेको बताए । ओलीले काँग्रेसका सांसदहरुले सरकारबाट हट्नुपरेको पिडाको रिस आफूसमक्ष पोखेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !