१२ श्रावण २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आज बिहान ११ बजे बस्ने भनिएको पूर्वनिर्धारित बैठक आज दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । सत्ता पक्ष र प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक बस्दै नबसी आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको हिजो अपराह्न बसेको बैठकमा कांग्रेस र सत्ता साझेदार दल नेकपा (एमाले) का सांसदहरुबीच धकेलाधकेल भएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच तनाव सिर्जना भएर धकेलाधकेल भएको थियो ।

सहकारी प्रकरणबारे गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग राख्दै आएको छ भने सत्ता पक्षले उक्त समिति आवश्यक नरहेको बताउदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !