५ जेष्ठ २०८१, शनिबार

लिथुवानियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


लिथुवानियाको संविधानसभा

पृष्ठभूमि : सन् १७९५ देखि नै लिथुआनिया रूसी साम्राज्य अन्तर्गत थियो । पहिलो विश्वयुद्धको अन्तपछि फेब्रुअरी १६, १९१८ मा लिथुआनिया परिषद्ले लिथुआनिया स्वतन्त्र भएको भोषणा गर्यो । त्यतिखेर नै जतिसक्दो छिटो संविधानसभाको गठन गर्ने घोषणा समेत गरियो । तर सन् १९१८ को विल्हेल्म सेभन विद्रोहसम्म यो देश जर्मनीको नियन्त्रणमा रह्यो । नोभेम्बर २,१९१८ मा संविधानको पहिलो मस्यौदा तयार भयो ।

नोभेम्बर ११ मा लिथुआनियाको प्रथम सरकारको गठन भयो र आगस्तिनास भोल्डेमारास प्रथम प्रधानमन्त्री बने । र त्यसै दिन प्रथम विश्वयुद्ध समाप्त गर्ने अन्तिम युद्धविरामा सन्धिमा हस्ताक्षर गरिएको थियो । डिसेम्बर १९१८ मा रेड आर्मीले देशमा आक्रमण गरेपछि स्वतन्त्रता सङ्ग्राम सुरू भयो । सन् १९११ को अन्तमा रेड आर्मी र बर्मोतियान्सलाई देशबाट धपाएपछि मात्र राज्यको संस्थागत विकासको खाका बन्न सुरू गर्यो ।

संविधान निर्माण प्रक्रिया

रूसको उपनिवेशमा रहेको लिथुवानिया प्रथम विश्वयुद्धपछि सन् १९१८ को फेब्रुवरीमा स्वतन्त्र भएको घोषणा गरियो साथै संविधानसभाको माध्यमबाट नयाँ संविधान निर्माण गर्ने निर्णय गरियो । अक्टोबर ३०, १९१९ मा संविधानसभाको चुनाव प्रक्रिया र संविधानसभाको अअधिकारका बारेमा प्रष्ट पार्ने कानुन निर्माण गरियो । यसका लागि चुनाव भने अप्रिल १४-१५, १९२० मा भयो। त्यसमा ९० प्रतिशत मतदान भएको थियो ।

पुरूष र महिला दुवैथरी मतदाताले ११२ जना प्रतिनिधि चुनाको थिए जसमध्ये बहुसङ्ख्यक सिट ५९ प्रतिशत क्रिश्चियत डेमोक्रेटले लिए भने २८ सिट कृषक सङ्घ र समाजवादीले १२ सिट समाजवादी प्रजातन्त्रवादीले तथा १० सिट अल्पसङ्ख्यक यहुदी, पोल्स र जर्मनले लिए । बाँकी ३ सिट स्वतन्त्रले प्राप्त गरे । जम्मा आठजना प्रतिनिधिमात्र पचास वर्ष काटेका थिए भने पाँच जनामात्र महिला प्रतिनिधि थिए ।

लिथुआनियाकी प्रसिद्ध लेखिका ग्याब्रियल पेट्केभिसेट बाइटले पहिलो सत्रको अध्यक्षता ग्रहण गरेर अध्यक्षको विधिवत् चुनाव हुनुअगाडि सबैभन्दा जेठो सदस्यले अध्यक्षता ग्रहण गर्ने परम्परा निर्वाह गरिने् समयक्रममा ३८ जना सदस्यले राजीनामा दिएपछि वास्तवमा १५० जना मात्र संविधानसभामा कायम भए । पोल्यान्डको नियन्त्रणमा रहेको भिल्निअस क्षेत्र र फ्रान्सको अधिनमा रहेको क्याइपेडा क्षेत्रले चुनावमा भाग लिन पाएनन् । तथापि निर्वाचनसम्बन्धी कानुनले १०८ सिट भिल्नअस र ९ सिट क्याइपेडा क्षेत्रका लागि तोकेको हुनाले जम्माजम्मी २२९ जना सदस्य हुनुपर्दथ्यो । प्रजातान्त्रिक पद्धति अपनाई सन् १९२० मा निर्वाचित भएको लिथुआनियाको संविभानसभाले १९२२ मा लिथुआनियाको संविधान निर्माण कार्य सम्पन्न गर्यो ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल ।

यो पनि पढ्नुहोस्

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया

फ्रान्सको संविधानसभा र संविधान निर्माण प्रक्रिया

जर्मनीको संविधानसभा र संविधान निर्माण प्रक्रिया

क्यानडाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

अमेरिकाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

अष्ट्रेलियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !