४ जेष्ठ २०८१, शुक्रबार

सिरियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


सिरियाको संविधानसभा

पृष्ठभूमि : सिरिया दक्षिण-पश्चिम एसियाको एक राष्ट्र हो । फ्रान्सको नियन्त्रणमा रहेको राज्य सिरिया सन् १९४१ बाट स्वतन्त्र भयो । दोस्रो विश्वयुद्धपछि अरब राज्यको तर्फबाट इजरायलका विरूद्ध लडेको सिरिया लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माण र नागरिक सरकारले स्थायित्व लिन सकेन । सेना र प्रहरीद्वारा पटकपटक शासन आफ्नो हातमा लिने कम भयो ।

सिरिया दक्षिण-पश्चिम एसियाको एक राष्ट्र हो । फ्रान्सको नियन्त्रणमा रहेको राज्य सिरिया सन् १९४१ बाट स्वतन्त्र भयो ।

संविधान निर्माण प्रक्रिया

दोस्रो विश्वयुद्धपछि इजरायलको विरूद्ध लडाईमा सम्मिलित भएको सिरियामा सन् १९४८ मा जनरल जायन सत्तामा आएपछि उनको हत्यो भयो । संविधानसभाबाट संविधान जारी गर्ने उद्धेश्य अनुरूप सन् १९४८ मा संविधानसभाको निर्वाचन भयो । संविधानसभाले सेप्टेम्बर, १९५० मा सिरियाको संविधान जारी गर्यो । यस संविधानले पनि स्थायित्व प्राप्त गर्न सकेन ।

संविधानसभाबाट संविधान जारी गर्ने उद्धेश्य अनुरूप सन् १९४८ मा संविधानसभाको निर्वाचन भयो । संविधानसभाले सेप्टेम्बर, १९५० मा सिरियाको संविधान जारी गर्यो ।

सन् १९६२ मा पुनः संविधानसभा गठन गरेको भएपनि त्यसलाई जीवन्त नबनाई विघटन गरियो । सेनाको शासन र निरंशुक राज्य व्यवस्थाका कारण लोकतान्त्रिक पद्धतिको विकासका निम्ति प्रश्नहरू उठिरहे । परिणामत सन् १९७३ मा अर्को संविधान बनाइयो । यस संविधानले गणतन्त्रात्मक स्वरूपको सरकार, सार्वभौमसत्ता जनतामा निहित हुने, राज्यशक्ति विधायिक, कार्यकारिणी र न्यायपालिकामा रहने जस्ता विभिन्न व्यवस्था गर्यो ।

सन् १९६२ मा पुनः संविधानसभा गठन गरेको भएपनि त्यसलाई जीवन्त नबनाई विघटन गरियो । परिणामत सन् १९७३ मा अर्को संविधान बनाइयो ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल ।

यो पनि पढ्नुहोस्

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु

आयरल्याण्डको संबिधानसभा र संविधान निर्माण प्रक्रिया

लिथुवानियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया

फ्रान्सको संविधानसभा र संविधान निर्माण प्रक्रिया

जर्मनीको संविधानसभा र संविधान निर्माण प्रक्रिया

क्यानडाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

अमेरिकाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

अष्ट्रेलियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !