१५ बैशाख २०८१, शनिबार

गायक बिरेन्द्र श्रेष्ठ बेस्ट सिङ्गर लोक पप उपाधिद्वारा सम्मानित


बिरेन्द्र श्रेष्ठ बेस्ट सिङ्गर लोक पप

५ कात्तिक, काठमाडौँ । ताप्लेजुंग जिल्लाको सिनाममा जन्म भई दुई दशक अगाडि अर्मेनियाको बिश्वबिद्यालयबाट ईञ्जिनियरिङ्गमा ग्रेजुयेट गरी नेपालको जलबिद्युतको बिकास निर्माणमा समर्पित ईन्जिनियर बिरेन्द्र श्रेष्ठ २०७२ सालदेखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका व्यक्तित्व हुन् । हालसम्म २ दर्जन भन्दा बढि गीतहरुमा स्वर भरिसकेका गायकले “आँखा लाउछन मलाई सबै” भन्ने गीतबाट मोडेल songs ले आयोजना गरेको अवार्ड कार्यक्रममा यही सन् २०१८ मै दोश्रो पटक BEST SINGER LOK POP को उपाधि चुम्न सफल भएका छन् । आँखा लाउछन भन्ने गीतको रचना अमेरिका निवासी अम्बिका गुरुङ्गको हो भने संगीत र एरेन्ज शंकर थापा र उदयराज पौडेलले गरेका हुन् ।

बिरेन्द्र श्रेष्ठ

सर्वाधिक व्यस्त जीवनको बाबजुत यति मिठो गाउनु अनि समय पुर्याउनुलाई रहर अनि सोखले गराएको कर्म भन्दछन् गायक श्रेष्ठ । ईन्जिनियर तथा गायक बिरेन्द्रले हालसालै OS Nepal ले आयोजना गरेको दोश्रो OS NEPAL अवार्डमा समेत BEST LOK POP SINGER को उपाधि दिपक शर्माको शब्द संगीतमा अनि उदयराजको संगीत संयोजनमा बनेको ”घर हाम्रो लेकैमा” भन्ने गीत मार्फत पाएका थिए । बिभिन्न विधाका गीतहरुमा आफ्नो स्वर भरेका छन् तर उनको जनर भने लोक पप नै हो ।

OS नेपालको सर्बोत्कृष्ट लोकपप गायकको पुरस्कार ग्रहण गर्दै
OS नेपालको सर्बोत्कृष्ट लोकपप गायकको पुरस्कार ग्रहण गर्दै

यहि असोज २६ गते आफ्नै चेनल Birendra Shrestha बाट “माया लाग्छ निष्ठुरीको” भन्ने अत्यन्तै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् ! विद्यमान समाजमा लोभलालच अनि यसकै कारणले निम्त्याएको पारिवारिक बिखन्डनलाई भिडियोमा चर्चीत कलाकार श्रीष्टि खड्का, निर्मल खत्री तथा नवमोडेल सामिप्य श्रेष्ठले यसै भिडियो मार्फत निर्देशक राहुल प्रधानले डेब्यु गराएका छन् । नेपाली साँगीतिक आकाशका गुरू बिनय बर्माको संगीत, विशन मानन्धरको संगीत संयोजनमा गायक श्रेष्ठको अत्यन्तै भावपूर्ण स्वरले सजिएको गीत गोदावरी भिजेज रिसोर्टमा छायांकन गरिएको छ ।

यो पनि पढ्नुहोस्  

जहाँ इच्छा त्यहाँ उपाय भने झैँ समयको सहि सदुपयोग गरिरहेको छु – इन्जिनियर तथा गायक श्रेष्ठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !