२० बैशाख २०८१, बिहिबार
खेलकुद

वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित

काठमाडौँ । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । केहीबेर अघि साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो