खेलकुद

  • Nepalpatra

    विश्वकप प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ

    १७ कत्तिक, स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा आज भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् । अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले आज भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका […]

  • foodball

    बङ्गलादेशलाई साफ यू–१५ फुटबलको उपाधि

    १७ कात्तिक, काठमाडौँ । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक/एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो […]

  • foodball

    तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

    १७ कात्तिक, काठमान्डौ । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै […]

  • Nepalpatra

    ९० युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा

    १६ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण दिइरहेको छ ।परिषद्ले विसं […]

  • jagat bishvakarma

    खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री विश्वकर्मा

    १६ कात्तिक, स्याङ्जा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । स्याङ्जाको स्वरेक मैदानमा बिहीबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उहाँले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गर्नुभयो । राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उहाँले नेपालमा विश्वकप […]

  • Paras khadka

    चार खेलाडी आइसिसीको बरियतामा

    १५ कात्तिक, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त […]

  • Nepalpatra

    ‘राइनो संरक्षण गोल्डकप’ आजदेखि

    १५ कात्तिक, कावासोती । दुर्लभ एकसिङ्गे गँैडा संरक्षणको सन्देश दिन १५ वर्षदेखि सञ्चालन हुँदै आएको ‘राइनो संरक्षण गोल्डकप’ आजबाट नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा शुरु हुँदैछ । गैँडा संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताउनुभयो । खेलको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु र वातावरण संरक्षणको चेतना अभिवृद्धि […]

  • Nepalpatra

    मैत्रीपूर्ण खेलमा नेपाल विजयी

    १४ कात्तिक, काठमाडौँ । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक÷एक गोल […]

  • foodball

    गैँडा संरक्षण गर्न फुटबल प्रतियोगिता

    १४ कात्तिक, नवलपरासी । एकसिङ्गे गैँडा संरक्षण गर्नुपर्ने सन्देश प्रभाव गर्न पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । सो प्रतियोगिता बिहीबारदेखि अगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा हुनेछ । प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर तथा विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजक भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर […]

  • foodball

    पहिलो सहभागितामै दोस्रो चरणमा पुगेकोमा खुशी छौँ

    १३ कात्तिक, काठमाडौँ । पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोटमा सहभागिता जनाएको नेपाली महिला टोली दोस्रो चरणमा पुग्न सफल भएको छ । थाइल्याण्डमा यही कात्तिक ६ देखि ११ गतेसम्म भएको च्याम्पियनसिप छनोट खेलमा समूहको दोस्रो स्थानमा रहँदै नेपाल अघिल्लो चरणमा छनोट भएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले रासससँग भन्नुभयो, “पहिलो खेलमा […]

  • Nepalpatra

    सौगात र श्रवण प्रिक्वाटरमा

    १३ कात्तिक, काठमाडौँ । नगबहालका सौगात शाक्य र श्रवण शाक्य १० औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिता–२०७५ को यु–१५ मा प्रिक्वाटरमा प्रवेश गर्न सफल भएका छन् । आज भएको खेलमा सौगातले दथुलंका रोजेश तण्डुकारलाई २१–४ र २१–१२ ले तथा श्रवणले अल्कोका नीर बज्राचार्यलाई २१–७ र २१–१९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका […]

  • Nepalpatra

    स्थगित ‘ए’ डिभिजन लिग मङ्सिर १ देखि – तालिका सार्वजनिक

    १२ कात्तिक, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज लिगको नयाँ तालिका सार्वजनिक गरेको छ । एन्फाले चाडपर्वका कारण स्थगित गरेको लिग मङ्सिर १ गते शुरु गर्ने निर्णय गरेको लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । गएको असोज १३ गते शुरु भएको […]

  • Nepalpatra

    राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै

    १२ कात्तिक, काठमाडौँ । एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदैछ । थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज साँझ नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा नेपालले दुई खेलमा जीत निकाल्दै दोस्रो चरणका लागि छनोट भएको थियो । […]

  • foodball

    साफ यू–१५ मा नेपाल– बङ्गलादेश भिड्दै

    १२ कात्तिक, काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल र बङ्गलादेश यसअघिको एक एक खेल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । आजको विजेता समूह विजेता बन्दै […]

  • Nepalpatra

    विश्वकप ट्रफी आज वसन्तपुर घुमाइने

    १२ कात्तिक, काठमाडौँ । विगत चार दिनदेखि नेपालमा रहेकोे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइँदैछ । आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आज दिउँसो ट्रफी वसन्तपुर घुमाइने र अपराह्न भारत लगिनेछ । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पु¥याइएको थियो । आइतबार […]