खेलकुद

  • foodball

    ‘ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

    २ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा हुने हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबललाई पराजित गरेको थियो भने मछिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो […]

  • cricket

    टेस्ट क्रिकेटः इङ्ल्यान्ड विजयी

    २ मङ्सिर, क्यान्डी, श्रीलंका । श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको यो लगातार दोस्रो विजय हो । पाँचौं दिन ३० मिनेटभित्रै इङ्ल्यान्डले श्रीलंकाका तीन विकेट लिएर खेल जितेको थियो । सन् २०१५–१६ मा अफ्रिकालाई पराजित गरेयता […]

  • foodball

    ‘ए’ डिभिजन लिग : दुई ललितपुरे क्लबबीच भीडन्त

    २ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल […]

  • foodball

    ‘ए’ डिभिजन लिग : मनाङ मस्र्याङ्दी क्लब विजयी

    १ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा अञ्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो । अञ्जनलाई एनआरटीका […]

  • foodball

    ‘ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

    १ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । आजदेखि शुरु हुने दोस्रो चरणका पहिलो खेलमा […]

  • sandip lamichhane

    नेपाली युवा क्रिकेट खेलाडी सन्दीप दिल्लीमै रहने

    ३० कात्तिक, काठमाडौँ । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ को […]

  • foodball

    ‘सी’ डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि

    ३० कात्तिक, काठमाडौँ । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । लिग निर्देशक सञ्जिव मिश्रले भन्नुभयो, “एन्फा र क्लब […]

  • foodball

    उपाधि च्यासल युथ क्लबलाई

    ३० कात्तिक, कावासोती । एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ । बिहीबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई टाई बे्रकरमा पराजित गर्दै च्यासलले उक्त उपाधि जितेको हो । खेलको १० औँ मिनेटमा अभिषेक रिजालको गोलबाट नेपाल पुलिसले […]

  • Football

    ओलम्पिक महिला फुटबल छनोट : नेपाल र बङ्गलादेश खेल्दै

    २७ कात्तिक, काठमाडौँ । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले […]

  • cricket

    बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु, अफ्रिकाको ३२१ रनको लक्ष्य

    २५ कात्तिक, ढाका । बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् । यसअघि गत साता सिल्हेटमा भएको पहिलो टेस्टमा जिम्बाबेले बंगलादेशलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेशले दोस्रो टेस्टका लागि तीन जना खेलाडी […]

  • foodball

    ओलम्पिक छनोट : नेपाल र भारतबीचको खेल बराबरी

    २२ कात्तिक, काठमाडौँ । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो । खेलको ११आँै मिनेटमा नेपाली टोलीकी कप्तान […]

  • gandaki

    स्वरेकवासीको आशा जगाउँदै प्याराग्लाइडिङ विश्वकप

    १९ कात्तिक, स्वरेक स्याङजा । गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ । वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने थुम्कै थुम्कायुक्त स्वरेकले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । प्याराग्लाइडिङको विश्वकप सञ्चालन हुँदै गर्दा यतिखेर विभिन्न २१ देशका खेलाडी, प्रशिक्षक एवं निर्णयक […]

  • Nepalpatra

    जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

    १९ कात्तिक, पोखरा । एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । सङ्घका महासचिव […]

  • foodball

    मध्यपुर–१ ‘बी’ लाई मध्यपुर मेयर कप फुटसलको उपाधि

    १८ कात्तिक, भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा आज सम्पन्न मध्यपुर मेयर कप फुटसल प्रतियोगिताको उपाधि मध्यपुर–१ ‘बी’ ले हात पारेको छ । मध्यपुर युवा उत्थान संस्थाले आयोजना गरेको सो प्रतियोगितामा फष्ट रनरअपको उपाधि वडा नं २ ‘ए’ र सेकेण्ड रनरअपको उपाधि वडा नं १ ‘ए’ ले हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि वेदकुमार […]

  • cricket

    पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

    १८ कात्तिक, चिप्लेढुङ्गा । नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन् । प्रतियोगितामा […]