, खेलकुद

खेलकुद

  • साग खेल्न आएका श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण

    २२ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर ग्रायथी नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँ ल्याइएको […]

  • संगीता धामी

    सागमा कुस्तीतर्फ नेपाललाई पहिलो स्वर्ण

    मंसिर २१, जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ । जनकपुरमा आज शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन् । बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गर्दै उनले स्वर्ण पदक हात पारेकी हुन् ।

  • पुरुष क्रिकेटमा नेपालले दियो माल्दिभ्सलाई १६४ रनको लक्ष्य

    काठमाडौँ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनायो। नेपालको तर्फबाट आठौं नम्बरमा आएका करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर बढाएका थिए ।

  • सागमा गल्फको पुरुष टिम इभेन्टमा नेपालले जिते स्वर्ण

    मंसिर २०, काठमाडौँ । १३ औं दक्षिण एसियाली खलकुद (साग) अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपाली टोलीले कुल ८३८ अंक स्कोर गरेको थियो । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक […]

  • साग: महिला क्रिकेट टिम श्रीलंकासँग पराजित

    मंसिर २०, पोखरा । १३औं दक्षिण एसियाली खलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । फाइनलमा अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्यका लागि शनिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले ३ खेलमा १ जित र २ हार ब्यहोरेको छ। नेपाल अंक तालिकाको तेस्रो स्थानमा […]

  • १३ औं सागमा व्यक्तिगत गल्फ तर्फमा सुभाष तामाङले जिते स्वर्ण

    २० मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फमा नेपालले स्वर्ण पदक जितेको छ ।गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा सुभाष तामाङले स्वर्ण पदक जितेका छन् । बंगलादेशका महोम्मद फरादले रजत जिते भने नेपालका शुक्रबाहदुर राईले कांस्य जिते ।

  • साइक्लिङको पुरुषतर्फका सबै पदक नेपालले जित्यो

    १९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन् । बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जितेका हुन् । नेपालकै राजिभ राईले १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेर रजत र १ मिनेट २१.०० […]

  • नेपालको स्वर्ण पदक संख्या

    नेपाललाई ३२ औं स्वर्ण पदक, यी हुन् स्वर्ण दिलाउने साहसी खेलाडीहरु

    १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदक बिजेता संख्या ३२ पुगेको छ । यी हुन् स्वर्ण दिलाउने साहसी खेलाडीहरु : १. मण्डेकाजी श्रेष्ठ – कराँते २. सोनी गुरुङ – ट्रायथोलन ३. कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से ४. निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते ५. सिना मादेन – तेक्वान्दो, पुम्से ६. […]

  • महिला क्रिकेटमा बंगलादेशसँग माल्दिभ्स २५० रनले पराजित

    १९ मंसिर, काठमाडौं । महिला क्रिकेटमा बंगलादेशसँग माल्दिभ्स २५० रनले पराजित भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । माल्दिभ्सले मात्र ६ रन बनाउँदा सबै विकेट गुमायो ।

  • क्रश कन्ट्री साइक्लिङमा लक्ष्मीले जितिन् स्वर्ण

    १९ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग )अन्तर्गतको क्रश कन्ट्री साइक्लिङमा नेपालले स्वर्ण पदक जितेको छ । ४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने स्पर्धामा १ घण्टा २० मिनेट २० सेकेण्डमा पुरा गरी लक्ष्मी मगरले स्वर्ण जितेकी हुन् । यस स्पर्धामा नेपालकै उषा खनालले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा पुरा गरी रजत […]

  • १३ औं साग : ज्ञानेन्द्रको शतकसँगै भुटानमाथि फराकिलो जित

    १९ मंसिर, काठमाडौँ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ ।१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत लेखमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको लक्ष्य दिएको थियो । भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनायो ।

  • १३औं साग : महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा

    १९ मंसिर, पोखरा । १३औं (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा पुगेको छ । बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा उमा राईले ८, निशा राईले ५ तथा कविता राई र रन्जना राईले ४–४ गोल गरे । यसैगरी अनिता ल्हामु शेर्पा र शान्तिकला राईले २–२ गोल गर्दा कल्पना […]

  • भुटानलाई नेपालले दियो २ सय ३७ रनको लक्ष्य

    १९ मंसिर, काठमाडौँ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटान सामू विशाल लक्ष्य पस्केको छ । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए । कमजोर मानिएको भुटानसामू […]

  • १३ औं सागमा नीमा घर्ती मगरले जितिन् स्वर्ण

    १९ मंसिर, काठमाडौं । उसुमा नेपालले स्वर्ण पदक जितेको छ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नीमा घर्तीमगरले स्वर्ण पदक जितेकी हुन् । नीमा घर्तीमगरले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । नीमाले यसअघि १२ औं सागमा उसुको थाउलोमा उनले स्वर्ण जितेकी थिइन् । यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको […]

  • १३ औं साग : सक्षमले दिलाए सागमा १०० औं स्वर्ण

    १८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोमा पनि नेपालले स्वर्ण पदक जितेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सक्षम कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७-९ को स्कोरमा हराउँदै स्वर्ण पदक जितेका हुन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ । यो १३ औं सागमा नेपालको स्वर्ण २९ […]

  • नेपालको स्वर्ण पदक संख्या

    नेपालको स्वर्ण पदक संख्या २७ पुग्यो

    मंसीर १८, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जितेको संख्या २७ पुगेको छ । आज बुधबार गोकर्णमा भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले दुई स्वर्ण पदक जितेका छन् भने करातेमा नेपालले १० स्वर्ण जितेको छ ।

  • एक मिलि सेकेन्डले एथलेटिक्समा सन्तोषीले रचिन् इतिहास

    १७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको दश हजार मिटर दौडमा नेपालले स्वर्ण जित्दै इतिहास रचेको छ । दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै इतिहास रचेकी हुन् । भारतीय धाविका कविता यादवलाई उछिन्दै पहिलो भएकी सन्तोषी यो इभेन्टमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भएकी छन् । निर्धारित दुरी ३५ मिनेट […]

  • १३औं साग : तेक्वान्दोमा काजलले जितिन् स्वर्ण

    १७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले स्वर्ण पदक जितेको छ । मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०-१४ को स्कोरमा हराएकी हुन् ।

  • करातेमा सुनिताले पाकिस्तानकी खेलाडीलाई ८/२ ले हराउँदै जितिन् स्वर्ण

    १७ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको कुमिते ६७ केजी समूहमा नेपालले स्वर्ण पदक जितेको छन् । सुनिता महर्जनले पाकिस्तानकी खेलाडी कुल्सुमलाई ८/२ ले हराउँदै स्वर्ण जितेकी हुन् । सुनिता महर्जनले पहिलो खेलमा बंगलादेशकी खेलाडी पर्यन खातुनलाई १०/२ ले हराएकी थिइन् ।

  • १३ औं साग फुटबल : नेपालसँग भुटान ४-० गोलले पराजित

    १७ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई ४-० को गोल अन्तरले पराजित गरकेो छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा भुटान विरुद्ध ३ गोल थपेको थियो ।