२० बैशाख २०८१, बिहिबार

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो चौथो विकेट


रोहित पौडेल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ ।

आज आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले चौथो विकेटमा रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । पौडेल १६ बनाएर आउट भए ।

नेपालले तेस्रो विकेटको रुपमा कुशल मल्ललाई गुमाएको थियो । मल्ल व्यक्तिगत २ रनमा आउट भए । उनलाई नेदरल्यान्ड्सका बलर आर्यन दत्तले एलबीडब्लूको धरापमा पारेका हुन् ।

दोस्रो विकेटमा रुपमा अनिल शाह र पहिलो विकेटमा रुपमा आसिफलाई गुमाएको थियो । आसिफ शेख १७ र अनिल शाह ७ रनमा आउट भए ।

जारी खेलको २५ ओभर समाप्त हुँदा नेपालले चौथो विकेट गुमाएर ८७ रन बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !