२५ बैशाख २०८१, मंगलबार

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, पाइलट जीवितै


एभरेस्ट एयर

काठमाडौँ । धौलागिरी हिमालको बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना भएपनि हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् ।

आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । धौलागिरी आधार शिविरमा अवतरण गर्ने क्रममा फोर्स्ड ल्यान्डिङको क्रममा हेली एभरेष्टको ९ एन–एएनबी (एएस–३५०) हेलिकप्टर दुर्घटना भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा एक मात्र पाइलट भएकोमा उनी सकुशल रहेको जानकारी दिएको छ । धौलागिरी आरोहणमा गएकाहरुको उद्धार गर्न जाने क्रममा सो दुर्घटना भएको हो । हेलिकोप्टर क्याप्टेन प्रिया अधिकारीले उडाएकी थिइन् भने उनी जीवितै फेला परेकी हुन् ।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !