काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को संयुक्त बैठक आज साँझ ५ बजे बस्न लागेको छ । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ ।