१४ बैशाख २०८१, शुक्रबार

बागलुङमा पाँचौ पटक निषेधाज्ञा जारी गर्दै असार ७ गतेसम्मका लम्ब्याइयो


निषेधाज्ञा

गलकोट । बागलुङ जिल्लामा पाँचौँ पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कोरोना सङ्क्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

निषेधाज्ञामा अति आवश्यक सेवा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बीउबिजनबाहेकका सेवाहरू बन्द गरिने भएको छ ।

कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमण दरमा कमी नआएपछि (डिसिसिएमसी) ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेठ २२ गतेसम्म, त्यसपछि पुनः जेठ मसान्त सम्म निषेधाज्ञा थप गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !