१४ बैशाख २०८१, शुक्रबार

यी क्षेत्रहरु खुकुलो पार्दै काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो


काठमाडौँ उपत्यका

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा थप लगायतका निर्णय गर्न आज प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो बसेको बैठकले जारी निषेधाज्ञालाई एक साता लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा थप गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउदै किराना पसल, तरकारी पसल र पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने छन् । खुकुलो बनाइएको निषेधाज्ञामा अनलाइन डेलिभरी गर्न दिइने छ ।

यस्तै हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने भएको छ । कृषि कार्य सञ्चालन गर्न दिइने भएको छ । साथै विदेश जानेहरुको लागि भिसा लिनका लागि सहजिकरण गरिने भएको छ ।

निषेधाज्ञा लम्ब्याउनुको प्रमुख कारण भिडभाड नै भएको बुझिएको छ । स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भिडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाई जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को ठहर गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !