२४ बैशाख २०८१, सोमबार

ओलम्पिककी कान्छी प्रतिस्पर्धी गौरीका ३१ औं स्थानमा, आफ्नै रेकर्ड तोड्न सकिनन्


gaurika

काठमाडौं, २४ साउन– ब्राजिलमा जारी ओलम्पिक प्रतियोगिताको दोस्रो दिन सबैभन्दा कान्छी प्रतिस्पर्धी गौरीका सिंह आफ्नै नाममा रहेको १०० मिटर ब्याकस्ट्रोकको राष्ट्रिय किर्तिमान तोड्नबाट चुकेकी छन् ।

१३ वर्षको उमेरमा ओलम्पिकमा सहभागिता जनाएकी गौरीकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पुरा गरिन् । जवकी १२ औं सागमा उनले १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

आफ्नै नामको किर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुकेकी उनी ३४ प्रतिस्पर्धीमध्ये ३१ औं स्थानमा रहिन् ।

हिट्समा भने उनी नम्बर १ भइन् । हिट्समो उनले सामाओकी इभिलिनालाई ० दशमलव २९ सेकेन्डले पछि पारेकी थिइन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !