१५ बैशाख २०८१, शनिबार

पुनद्वारा बिप्लव समूह परित्याग


नेत्रविक्रम चन्द

रुकुम पूर्व, २२ असार । रुकुम (पूर्व) मा नेत्र विक्रम चन्द ‘बिप्लव’ समूहका एक नेताले समूह परित्यागको घोषणा गर्नुभएको छ । सिस्ने गाउँपालिका-८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गर्नुभएको हो ।

स्वेच्छिक रुपले समूह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाउनुभएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !