१५ बैशाख २०८१, शनिबार

मृतक राजु सदाको परिवारलाई प्रदेश २ सरकारद्वारा ५ लाख सहयोग


sahayog_help_Support_Money

धनुषा, १२ असार । प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने आज जानकारी दिनुभयो । घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा दोषी देखिनेलाई कारवाही गरिने उहाँले बताउनुभयो ।

गत जेठ ३ गते भारतको अहमदावादबाट आउनुभएका सदा गाउँकै क्वारेन्टिनमा रहनुभएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला भएपछि टिप्परमा बसाएर प्रादेशिक अस्पतालको ढोकासम्म ल्याइएको थियो । त्यही उनको स्वाब सङ्कलन गरिएको र समयमै रिपोर्ट नआएका कारण झाडापाखालाको समेत राम्रो उपचार नपाइ सोमबार मृत्यु भएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमै उपचार नपाएर सदाको मृत्यु भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । समितिले सात दिनको म्याद पाएको छ ।

समितिको संयोजकमा स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह र सदस्यमा प्रदेश २ का अस्पताल विकास तथा चिकित्सा सेवाका डा नवल किशोर झा र मन्त्रालयका महाशाखा प्रमुख दिलीपकुमार प्रधान रहनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !