२६ बैशाख २०८१, बुधबार

महत्वपुर्ण हेल्थ टिप्स: यस्तो छ पहिलोचोटि सेक्स गर्दा अपनाउनुपर्ने बिधिहरु !


सेक्स

जीवनचक्र चलाउने माध्यमसँगै प्रेम अभिव्यक्त गर्ने उत्तम उपहार पनि हो, यौन । तर यौन शिक्षाको अभावमा कतिपयको पहिलो प्रयास पीडादायी बन्न पुग्छ । ज्ञानको अभावमा शारीरिक तथा मानसिक दुवै रुपमा पीडादायी हुन सक्छ । तनाव हुनसक्छ ।

पुरुषमा शीघ्रपतन, लिंग योनिभन्दा बाहिरै रहने हुनसक्छ । जथाभावी यौन सम्पर्क गर्दा महिलाको योनी दुख्ने, घाउ लाग्ने पनि हुनसक्छ । पहिलो रंगीन सम्बन्ध क्लाइमेक्समा नपुग्ने समस्या पनि हुनसक्छ । पहिलो यौन सम्बन्ध आनन्दमयी नभई पीडादायी हुँदा त्यसको नकारात्मक असर पछिसम्म पर्नसक्छ ।

अपनाउनु पर्ने सावधानी

पहिलो पटक यौन सम्पर्क गर्दा यौन शिक्षाको अभाव तथा यौन प्रक्रिया नपुगेका कारणले यौन जोडीमा तनाव उत्पन्न हुनसक्छ । महिलाले मनको कुरा व्यक्त गर्न चाहँदैनन् । त्यसैले यौन सम्पर्कमा सरिक हुनुअगाडि यौन शिक्षा, यौन र यौन क्रिडाका बारेमा ज्ञान लिनु आवश्यक हुन्छ ।

यौन सम्पर्क गर्नुभन्दा पहिले यौन सम्पर्क गर्ने उचित स्थान र समय निर्धारण गर्नु पर्छ । एकान्त, शान्त तथा सुरक्षित ठाउँ रोज्नु सबैभन्दा उत्तम हुन्छ । अत्यधिक उज्यालो भएको ठाउँमा पनि टाउको दुख्ने, आँखा बिझाउने, असुरक्षित महसुस हुने लगायतका समस्या देखिन सक्छ ।

केही नदेखिने किसिमको अँध्यारो ठाउँमा पनि यौन सम्पर्क नगर्दा राम्रो हुन्छ । अँध्यारो ठाउँमा पहिलो पटक यौन सम्पर्क गर्दा अनुभवको अभावमा उत्पन्न हुने जोखिम र अनुहार हेराहेर गरेर हुने भावना साटासाट गर्ने अवसर गुम्छ ।

कसैकसैमा आत्मबल बढाउने भनेर मदिरा या लट्ठ पार्ने सामग्री प्रयोग गर्ने गर्छन् । यो हानिकारक हुन्छ । सहमतिमा मात्र सम्बन्ध राख्नुपर्छ । यौन जोडीको उमेर पनि उत्तिकै महङ्खवपूर्ण हुन्छ । कानुन अनुसार १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा यौन सम्बन्ध राखे पनि त्यो बलात्कार ठहरिन्छ । पहिलो पटक यौन सम्पर्क गर्दा अस्थायी साधनको प्रयोग गर्नुपर्छ । (नागरिक शुक्रवारबाट)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !