२३ बैशाख २०८१, आइतबार

प्रचण्ड सरकारले पायो पूर्णता : वीरेन्द्र महतो वनमन्त्रीमा नियुक्त


वीरेन्द्रप्रसाद महतो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डले वीरेन्द्र महतोलाई वन तथा वातावरणमन्त्री बनाउँदै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकला छन् ।

राष्ट्रपति पौडेलले आज महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !