२३ बैशाख २०८१, आइतबार

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर


टेकबहादुर गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले आज बुधबार सांसद गुरुङलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको हो । गुरुङलाई दोषी ठहर गरेपनि सजाय निर्धारण गर्नका लागि फागुन २५ गते पेशी तोकिएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध २०७५ साल माघ १२ गते मुद्दा दायर गरेको थियो । गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।

मनाङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुरुङ भ्रष्टाचार मुद्दाका कारण निलम्बित रहेका छन् । गुरुङ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भएका थिए ।

यो पनि पढ्नुहोस्

काँग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, संसद बैठकमा भाग लिन नपाउने

गुरुङ र महतोलाई सांसदको भूमिकामा रोक लगाउन संसद् सचिवालयलाई पत्राचार

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !