११ जेष्ठ २०८१, शुक्रबार

काँग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, संसद बैठकमा भाग लिन नपाउने


टेकबहादुर गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेक प्रसाद गुरुङ निलम्बित भएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका गुरुङ निलम्बित भएसंगै प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।

संघीय संसद सचिवालयले आज मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको हो । यद्यपि यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिएका थिए ।

टेकबहादुर गुरुङ निलम्बित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !