२६ बैशाख २०८१, बुधबार

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै


सत्ता गठबन्धन बालुवाटार फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको भेटवार्तापछि संचारकर्मीसंग कुरा गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

सरकार विस्तारको विषयमा भएको सहमतिलाई अन्तिम रुप दिन सत्ता गठबन्धनका दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा चार घण्टा लामो छलफल भएको छ । बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुगेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।

यो पनि पढ्नुहोस्

ओलीसँगको भेटपछि प्रचण्डले भने – मन्त्रिपरिषद् आजै विस्तार हुन्छ

मन्त्रालयको भागबण्डा आजै टुंगिन्छ : प्रधानमन्त्री प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !