२६ बैशाख २०८१, बुधबार

मन्त्रालयको भागबण्डा आजै टुंगिन्छ : प्रधानमन्त्री प्रचण्ड


प्रचण्ड बालकोट फाइल फोटो

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयको भागबण्डा आजै टुंगिने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको भेटवार्तापछि संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता सकिएको छ । बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुगेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।

पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा छन् । आइतबार साँझ पनि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !